site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘नेपालीले गुणस्तर खोज्ने रहेछन्’
Ghorahi CementGhorahi Cement

तीनपांग्रे सवारीको कार्गो ट्रान्स्पोर्टेसन र  प्यासेन्जर ट्रान्स्पोर्टेसन सेग्मेन्टमा पियाज्जो इन्डियाको नम्बर १ तथा लिडर कम्पनी हो । अटोबाहेक पियाज्जोले स्कुटर पनि निर्माण र बिक्री गर्छ । पियाज्जोको प्रसिद्ध ब्रान्ड ‘भेस्पा २०१२’ र ‘एप्रिलिया’ स्कुटर २०१६ देखि बजारमा उपलब्ध छन् ।
एमभी दुगड समूहले ‘पियाज्जो’ का तीनपांग्रे उत्पादन नेपाली बजारमा भित्र्याएको थियो । पेट्रोल इन्जिन भएको टेम्पो पियाज्जोका ‘एपेसिटी’ र ‘एपेकार्गो’ गरी दुई मोडलका तीनपांगे्र अटो यहाँ उपलब्ध छन् । तीमध्ये एपेसिटी प्यासेन्जर थ्री ह्विलर हो भने एपेकार्गो सवारी यात्राका लागि भन्दा पनि सामान ढुवानीमा प्रयोग गर्न सकिन्छ ।
पियाज्जो र दुगडबीच सहकार्य भएको एक वर्ष पुगेको छ । यही मौका छोपेर पियाज्जो भेइकल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डिएगो ग्राफी नेपाल आएका थिए । छोटो नेपाल बसाइमा ग्राफीले नेपालीको आर्थिक उन्नति भएको र गुणस्तर मन पराउने गरेको अनुभव सँगालेका छन् । यही अवसरमा ग्राफीसँग बाह्रखरीका रोविन पौडेलले गरेको कुराकानी :

नेपाली बजारमा तीन पांग्रे सवारीको मागलाई कसरी नियाल्नुभएको छ ?

नेपालमा कारोबार सुरु गरेको एक वर्ष बित्दा राम्रो अनुभव भएको छ । नेपालमा पियाज्जोको तीन पांग्रे उत्पादनको बजार राम्रो छ र भविष्य पनि उत्तिकै बलियो छ । आउने दिनमा पनि नेपाली बजारमा ४० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने गरी बिजनेस डेभलपमेन्ट गर्ने छौं । नेपालको सहरीकरण, साँघुरो गल्ली, बाटोका लागि पियाज्जोका उत्पादन माग अझै बढ्ने छ ।

Agni Group

यहाँ आउनुको कारण के हो ?
सन् २०१८ को सुरुमा दुगडसँग गरेको सहकार्य हाम्रा लागि सकारात्मक रह्यो । नेपालमा बजार विस्तार गर्ने बित्तिकै हाम्रो बिजेनसमा सुधार आएको छ । व्यापार ग्रोथसँगै उपभोक्तासँग बढेको सम्बन्धले हाम्रो लक्ष्यतर्फ नजिक हुन थप ऊर्जा मिलेको छ ।

भारतमा पियाज्जोको अवस्था कस्तो छ ?

Global Ime bank

तीन पांग्रे सवारीमा मार्केट सेयरको आधारमा हामी बजाजपछि दोस्रो स्थानमा छौं । तीन पांग्रेको पनि कार्गो सेग्मेन्टमा हामी लिडर हौं । २०१८ मा हाम्रो बजार अवस्था राम्रो भयो । भेस्पा र एप्रिलियामा पनि बजार राम्रै छ । ती दुई ब्रान्ड पनि नेपालमा विस्तार गर्ने योजनामा छौं ।
यो परिवेशमा २०१९ कस्तो होला ?

२०१८ राम्रो भएकाले २०१९ पनि अझै सुदृढ हुने अपेक्षा राखेका छौं । नेपालमा तीन पांग्रेतर्फ हामी नेतृत्वदायी भूमिका खेल्ने छौं । यसका प्यासेन्जर र कार्गो दुवै सेग्मेन्टमा हामी पहिलो नम्बरमै रहने लक्ष्य छ तर, ग्रोथलाई अझै दिगो बनाउने चुनौती छ । २०१९ सँगै २०२० का लागि योजना बनाउँदै छौं ।

कस्तो योजना ?

हाम्रो पहिलो प्राथमिकता गुणस्तरीय उत्पादन बजार ल्याउने हो । उपभोक्ताले रुचाउने मूल्यमा प्रविधिमैत्री तथा आधुनिम उत्पादन दिने हाम्रो योजना छ । यसका साथै नेपालमा प्रतिस्पर्धी नभएको तीन पांग्रेको अर्को सेग्मेन्ट भित्र्याउने छौं । हाम्रो राम्रो पक्ष उपभोक्तासँगको सम्बन्ध हो । बिक्री र प्रवद्र्धन वृद्धि गरी उपभोक्तामा पुग्ने कसरतमा हामी कमी आउन दिने छैनौं । अहिले नेपालभर दुगडका ५१ आउटलेट छन् । उपभोक्तासँगको सम्बन्धलाई दिगो र दीर्घकालीन बनाउने हाम्रो योजना छ । हामी उपभोक्ताको जतिसक्दो नजिक हुन चाहन्छौं । आउटलेट थप्नुपरे हामी त्यो पनि गर्ने छौं । उपभोक्ताको घरघर पुगेर सेवा दिने छौं ।

नेपालका नीतिगत व्यवस्थाले तपाईंको व्यवसाय विस्तारमा सहयोग पुर्याउला ?

हामीले नीतिगत झन्झट र परिवर्तन यहाँमात्र अनुभव गरेका होइनौं किनकि हाम्रो उपस्थिति नेपालमा मात्र छैन । संसारको जुनुसकै स्थानमा जाँदा पनि हामीले विभिन्न सरकारी नीति तथा कानुनको सामना गर्नुपरेको छ । स्थानीय नियम भए पनि हामीलाई खासै प्रभाव पारेको छैन तर, हाम्रो काम पारदर्शी हुन्छ । हामी सोच्छौं कि यी नीतिलाई तत्काल जवाफ दिने किसिमका उत्पादन गछौं र हाम्रा उत्पादन उपभोक्ताको आवश्यकता बन्न जान्छ । अर्को कुरा, स्थानीय तहमा हुने यस्ता नीतिगत उतारचढावले अर्थतन्त्रमै असर पर्ने कुरा हामी सम्झाउछौं । हामी ती नीतिले हामीलाई सहयोग गरुन् भन्ने अपेक्षा गर्दैनौं । हामी हाम्रो लगानी, स्रोत र सामथ्र्यका आधारमा प्रतिस्पर्धा गर्छौं । उपभोक्ताको चाहना नै हाम्रो प्राथमिकता हो । उहाँहरू जस्तो चाहनुहुन्छ, हाम्रो उत्पादन त्यस्तै हुन्छ । हामीले त्यहीअनुसार लगानी गर्छौं । हामीले नेपालमा दुगडसँग सहकार्य गर्दै आएकोमा एकदमै खुसी छौं । बजारको माग सँधै यथावत नै रहन्छ तर, कहिलेकाहिँ परिवर्तनले बजारमा सामान्य प्रभाव भने पार्न सक्छ ।

नेपाल घुमेर के अनुभव गर्नुभयो ?

मेरो यो पहिलो नेपाल भ्रमण हो । म यहाँको विकास देखेर प्रभावित छु । यहाँको माग र बजारको विकास ट्रेन्ड परिवर्तन भएको रहेछ । नयाँ तथा प्रविधिमा आधारित गुणस्तरीय तथा उत्कृष्ट फिचर भएका उत्पादन नेपालीलाई मन पर्ने रहेछ । प्रविधि र प्रतिस्पर्धामा नेपालीको चाहना पियाज्जोले पूरा गर्ने रहेछ भन्ने पाएँ । यसले हामीलाई अझै नेपालीका लागि उत्कृष्ट उत्पादन ‘अफर’ गर्नुपर्ने रहेछ भन्ने सिकाएको छ । मोबिलिटी निड पूरा गर्न नेपालीमाझ पियाज्जो लैजान अब हाम्रो ध्यान हुनेछ । धेरै उत्पादन हामी नेपाली बजारमुखी बनाउने छौं ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १, २०७५  ०६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC