site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
अमेरिकाकी पहिलो हिन्दु सांसद तुल्सी राष्ट्रपति बन्न इच्छुक
Sarbottam CementSarbottam Cement

बीबीसी । अमेरिकाको हवाई प्रान्तकी सांसद तुलसी गबार्डले सन २०२० मा हुने राष्ट्रपति निर्वाचनमा उमेदवारी दिने तयारी गरेकी छिन् । ३७ वर्षिया तुलसीको नाम सन् २०१६ मा सम्पन्न राष्ट्रपति निर्वाचनमा हिलेरी क्लिन्टनको स्थानमा बर्नी सेन्डर्सलाई समर्थन गर्ने अमेरिकाको डेमोक्रेटिक पार्टीका नेताहरु मध्यमा पर्दछ ।

सन् २०१६ मा उनी डेमोक्रेटिक नेशनल कमिटमा उपाध्यक्ष थिइन् । तर सेन्डर्सको समर्थन गरेपछि उनले पदबाट राजीनामा दिएकी थिइन् । १९८१ मा अमेरिकाको समोआमा जन्मिएकी तुलसीले २१ वर्षकै उमेरमा अमेरिकामा सबैभन्दा युवा निर्वाचित प्रतिनिधि बनेर इतिहास रचेकी थिइन । 

Prabhu Bank
Agni Group
NIC Asia

भारतसँगको साइनो 
स्टेट सीनेटर माइक गबार्डकी छोरी तुलसीले पहिलोे कार्यकालमा ‘क्लिन इनर्जी’ लाई बढावा दिँदै हावा र सौर्य उर्जाका लागि आवश्यक उत्पादनमा कर छुट पाइने कानुन निर्माणमा समर्थन गरेकी थिइन् । 

त्यसपछि तुलसी गबार्डले हवाई आर्मी नेशनल गार्ड सर्भिसमा सहभागी भएर इराक युद्धमा सेवा दिएकी थिइन् । यसका साथै उनले २०११ मा इन्डोनेसियाली सेनाका साथ ‘पिस कीपिङ ट्रेनिङ’ मा पनि भाग लिएकी थिइन् । 

Global Ime bank

२०१५ मा अमेरिकी सेनामा मेजर पद हासिल गर्न सफल तुलसी अहिले पनि सेनासँग नै जोडिएकी छिन् । उनले अमेरिकी राष्ट्रपति पदका लागि उमेदवारी दिने इच्छा व्यक्त गरेसँगै भारतमा उनको नाम ट्विटरमा ‘ट्रेण्डिङ’ भइरहेको छ । 

तर साइनोको कुरा गर्दा तुलसीको भारतसँग कुनै नाता–सम्बन्ध छैन् । उनका आमा–बुवा भारतीय मूलको होइनन् । हिन्दु धर्मावलम्बी भएक कारण  तुलसी गबार्डलाई अमेरिकामा बस्दे आएका भारतीय समुदायको समर्थन भने मिल्दै आएको छ । 

तुलसीको नाम अमेरिकी संसदमा पुग्ने पहिलो हिन्दुको रेकर्ड छ । गत वर्ष अमेरिकी न्यूज च्यानलको एक कार्यक्रममा गरिएको हिन्दु विरोधी टिप्पणीमाथि उनले कडा विरोध गरेकी थिइन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ३०, २०७५  ०६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC