site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सन्यास लिने मरेको निर्णय सही– नाडाल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । राफेल नाडालले लामो समयदेखि कोर्टमा प्रतिद्वन्द्विता रहँदै आएका एण्डी मरेले संन्यास लिन गरेको निर्णय सही भएको बताएका छन् । चोटबाट लगातार सताइएका कारण ३१ वर्षे बेलायती स्टार मरेले शुक्रबार यो वर्ष टेनिसबाट सन्यास लिने बताएका थिए । उनले सोमबार मेलबर्नमा सुरु हुने अस्ट्रेलियन ओपन आफ्ना लागि अन्तिम प्रतियोगिता हुन सक्ने बताएका थिए । 
‘चोटका कारण राम्ररी मुभमेन्ट गर्न नसक्ने अवस्थामा विना कुनै लक्ष्य कोर्टमा जानु भनेको अत्यन्तै पीडादायक कुरा हो । यस्तो बेला विदा हुने निर्णय लिनु सही हुन्छ,’ नाडालले भने, ‘उनको संन्यासले विश्व टेनिसमा एउटा ठूलो रिक्तता सिर्जना गर्नेछ । कोर्टमा उनलाई सबै खेलाडी र समर्थकले धेरै मिस गर्नेछन् ।’
३२ वर्षे नाडालको करियरमा पनि चोटले धेरै अवरोध हालेको थियो । तर १७ पटकका ग्राण्ड स्लाम च्याम्पियनले आफूलाई ‘टेनिस नै छोड्नुपर्छ,’ भन्ने अवस्था महशुस नभएको बताए । ‘हरेक पटक घाइते हुँदा मलाई चाँडै ठिक हुन्छु भन्ने लाग्थ्यो,’ विश्व वरियताक्रमको दोस्रो नम्बरमा रहेका नाडालले भने, ‘तर लामो समयसम्म पनि सुधार देखिएन र चोटले सताइरह्यो भने त्यो अन्तयन्तै पीडायादी हुन्छ । मरेलाई अहिले मानसिक रुपमा कति पीडा भइरहेको छ भन्ने म राम्ररी अनुमान लगाउन सक्छु ।’
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २९, २०७५  १२:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC