site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हवाई भाडा ९० देखि ४४० रुपैयाँसम्म घट्यो, कहाँ पुग्न कति ?
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । मुलुकका विभिन्न गन्तव्यमा उडान गरिरहेका निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीले आज आइतबारबाट हवाई भाडा घटाएका छन् । सम्बद्ध गन्तव्यसम्म पुग्ने दुरीका आधारमा न्यूनतम ४० देखि अधिकतम ४ सय ४० रुपैयाँसम्म घटाएका हुन् ।
निजी वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघको गत शुक्रबार बसेको बैठकले हवाई भाडा घटाउने निर्णय गरेको थियो । “नेपाल आयल निगमले हवाई इन्धनको भाउ घटाएपछि हामीले पनि हवाई भाडा ९ दशमलव ६ प्रतिशतका दरले घटाएका हौं,” संघका प्रवक्ता घनश्याम आचार्यले आइतबार बाह्रखरीसँग भने, “विभिन्न गन्तव्य जाने यात्रुलाई यसबाट थोरै भए पनि राहत मिल्ने आशा छ ।”
आयल निगमले गत बिहीबार मध्यरातबाट लागू हुने गरी ‘एयर टर्बाइन फ्युल’ (हवाई इन्धन) को भाउ आन्तरिक जहाजका लागि प्रतिलिटर १ सय ४ रुपैयाँ ५० पैसाबाट १० रुपैयाँका दरले घटाएर ९४ रुपैयाँ ५० पैसामा झारेपछि निजी वायुसेवाले हवाई भाडा घटाएका हुन् । उनीहरूले यसअघि २०७४ असार २० गते हवाई भाडा घटाएका थिए । त्यसबेला न्यूनतम ४० रुपैयाँदेखि अधिकतम १ सय ८१ रुपैयाँसम्म घटाएका थिए । त्यसअघि २०७३ मंसिर २१ गते न्यूनतम ९० रुपैयाँदेखि अधिकतम ३ सय १० रुपैयाँसम्म भाडा घटाएका थिए । 
हवाई इन्धनको भाउ घटबढ हुँदा वायुसेवाहरूले ‘फ्युल सरचार्ज’ शीर्षकमा थपघट गर्ने गर्छन् । यो थपघट हवाई टिकटमै जोडिएको हुन्छ । वायुसेवा कम्पनीले फ्युल सरचार्ज भन्ने गरे पनि यात्रुले यसलाई भाडा घटेको–बढेको रूपमै लिन्छन् ।  
घटेको भाडा दरअनुसार आज आइतबारदेखि काठमाडौंबाट सबैभन्दा नजिक (करिब १५ मिनेट) हवाई दुरीमा रहेको बाराको सिमरा जान ३ हजार १ सय २० रुपैयाँ तथा सबैभन्दा टाढा (१ घन्टा २० मिनेट) दुरीको धनगढी जान १२ हजार ६ सय ६० रुपैयाँ तिरे पुग्छ । यसमा विमानस्थल कर २ सय रुपैयाँ जोडिएको छ । हिजो शनिबारसम्म सिमरा जान ३ हजार २ सय १० र धनगढी जान १३ हजार १ सय रुपैयाँ पथ्र्यो । यी सबै भाडा दर करसहित हुन् । सबै भाडा ‘नर्मल’ हुन् ।
संघका अनुसार काठमाडौंबाट माउन्टेन फ्लाइटलाई प्रतियात्रु ३ सय ४५ रुपैयाँ, पोखरा १ सय ५५, भरतपुर १ सय १०, विराटनगर २ सय ४०, जनकपुर १ सय ३०, भैरहवा २ सय ५, नेपालगन्ज ३ सय २५, भद्रपुर ३ सय र तुम्लिङटारका लागि १ सय ८५ रुपैयाँ कम तिरे पुग्छ ।  
अब काठमाडौंबाट माउन्टेन फ्लाइट जान प्रतियात्रु ११ हजार ३ सय ५ रुपैयाँ, पोखरा जान ५ हजार ४५, भरतपुर ३ हजार ६ सय ४०, विराटनगर ७ हजार ५ सय ६०, जनकपुर ४ हजार २ सय ७०, भैरहवा ६ हजार १ सय ९५, नेपालगन्ज ९ हजार ९ सय ७५, भद्रपुर ९ हजार १ सय र तुम्लिङटार जान ६ हजार १५ रुपैयाँमात्र लाग्छ । 
वायुसेवा सञ्चालकका अनुसार जहाज सञ्चालन गर्दा लाग्ने कूल खर्चको ४० देखि ५० प्रतिशतसम्म हवाई इन्धनमा खर्च हुने गरेको छ । प्रत्येक दुई वर्षमा हवाई भाडा पुनरावलोकन गर्ने सरकारी नीति छ । सरकार र निजी वायुसेवा सञ्चालकबीच हवाई इन्धन मूल्य घटबढ भए फ्युल सरचार्ज पनि समायोजन गर्न पाउने सहमति छ । सरकारले हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँसम्म तलमाथि भए वायुसेवा सञ्चालकलाई हवाई भाडा त्यही अनुपातमा घटबढ गर्न दिने निर्णय विगतमै गरेको थियो ।             \"\"
  गन्तव्य (काठमाडौंबाट), नयाँ भाडा (रुपैयाँमा) विमानस्थल करसहित)


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २९, २०७५  ११:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC