site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लिभरपुलको संघर्षपुर्ण जित, शीर्ष स्थानमा ७ अंकको अग्रता
Ghorahi CementGhorahi Cement

एजेन्सी । मोहम्मद सालाहको पेनाल्टी गोलमा इङलिस प्रिमियर लिगको शीर्ष क्लब लिभरपुलले ब्राइटनमाथि १-० को संघर्षपूर्ण जित निकालेको छ । जितसँगै लिभरपुलले शिर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ । 

ब्राइटनको घरेलु मैदानमा लिभरपुलले ७० प्रतिशत बल पोसेसन राखे पनि गोलका लागि ५० मिनेट सम्म कुर्नु परेको थियो । सालाहलाई ब्राइटनका पास्कल ग्रोसले फाउल गरेपछि लिभरपुलले पेनाल्टी अवसर पाएको थियो । 
जसमा सालाहले कुनै गल्ती नगरि गोल गरे । 

Agni Group

"मलाई लाग्छ, आज खेलाडीहरू परिपक्क प्रदर्शन गरे," लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले भने, "केही त्यस्तो अवस्था थिए, जहाँ हामिले सम्हालिएर खेल्नु पर्ने अवस्था थियो । तर पछि हामिले खेक नियन्त्रणमा राख्यौं । हाम्रो त्यो बचपन धेरै समय रहेन ।म खुशी छु । किनकि यहाँ जित्ने हाम्रो लक्ष्य पूरा भएको छ ।"  

लिभरपुलले २२ खेलबाट ५७ अंक जोडेको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको ५० अंक छ । तथापि सिटीले एक खेल कम खेलेको छ । सिटीले सोमबार राती उल्भरह्याम्पटनबिरूद्ध घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ । तेस्रो स्थानको टोटेनह्यामले म्यानचेष्टर युनाइटेडबिरूद्ध आज राति घरेलु मैदान वेम्बलीमा खेल्नेछ ।  २६ अंकसहित ब्राइटन १३औं स्थानमा छ ।

Global Ime bank

शनिबारै लेष्टर सिटी साउथह्याम्पटनसँग २-१ ले पराजित हुँदा वाट्फोर्टले क्रिष्टल प्यालेसलाई २-१ ले  हरायो । कार्डिफ सिटी र हडर्सफिल्डले गोलरहित बराबरी खेले । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २९, २०७५  ०९:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC