site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एउटा ट्विटले जोगियो साउदी युवतीको जीवन, पुगिन् क्यानडा 
Ghorahi CementGhorahi Cement

टोरन्टो ।  थाइल्याण्डमा विवादमा आएकी साउदी युवती रहफ मोहम्मद अल्कुनन शनिबार क्यानडा पुगेकी छन् । उनी दक्षिण कोरियाको सिउल हुँदै टोरन्टो पुगेकी हुन् । उनलाई क्यानडाका विदेशमन्त्री क्रिस्टिया फ्रील्याण्डले स्वागत गरेकी थिइन् ।

१८ वर्षीय ती साउदी युवतीलाई क्यानडाले शरणार्थीको मान्यता दिएको हो । थुप्रै महिलाहरु क्यानडा तथा अन्य देशमा खतरनाक अवस्थामा रहेको बताउँदै क्यानडाका विदेशमन्त्रीले  ती युवतीलाई आश्रय दिनुमा विश्वभरीका खतरामा परेका महिलालाई सहयोग गर्ने क्यानडाको नीति अन्तर्गत नै भएको जनाएकी छन् । 

यसअघि क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडेऊले क्यानडाले साउदी महिलालाई आश्रय दिने बताएका थिए । अष्ट्रेलिया लगायतका अन्य देशले पनि उनको बारेमा चासो लिएका थिए ।

Agni Group

के हो युवतीको कथा ?

ती साउदी युवती यही जनवरी ५ तारेखमा कुवेतबाट थाइल्याण्डको बैंकक पुगेकी थिइन् । उनी आफ्नो परिवारको यातनाका कारण भागेर हिंडेको बताइएको छ । उनलाई सुरुमा थाइल्याण्डको अध्यागमनले  प्रवेश गर्न  निषेध गरेको थियो । तर, उनले विमानस्थलकै होटलबाट आफ्नो समश्याका बारेमा ट्विट गरेकी थिइन् ।

Global Ime bank

त्यो ट्विटपछि उनका फलोअर्सहरु हजारौं गुणाले बढेनन् मात्रै कि उनलाई सहयोगका लागि सबैले पहल गरे । यसरी व्यापक जनसमर्थन भएपछि उनलाई फिर्ता गर्न चाहेको थाइ प्रहरी पनि झस्कियो । उनलाई त्यहीँ राखियो । शुरुमा उनले साउदी अरेबियाको थाइल्याण्डस्थित दूतावासबले आफ्नो पासपोर्ट खोसेको पनि बताएकी थिइन् । तर,पछि पासपोर्ट दिइएको थियो ।

चौतर्फी दबाब भएपछि संयुक्त राष्ट्र संघको शरणार्थी सम्बन्धी उच्चायोग(युएनएचसीआर)ले उनलाई शरणार्थीको मान्यता दियो । त्यसपछि उनलाई कुन देशले शरण दिने भनेर पश्चिमा राष्ट्रहरुमा प्रतिस्पर्धा नै चल्यो । जस्तो अष्ट्रेलिया र क्यानडाले शुरुमा नै प्रतिक्रिया जनाएका थिए । तर लग्ने मामिलामा क्यानडाले अष्ट्रेलियालाई उछिन्यो र उनी गएको शुक्रबार राति थाइल्याण्डबाट दक्षिण कोरिया हुँदै शनिबार बिहान क्यानडा पुगिन् । उनलाई क्यानडाका विदेशमन्त्रीले विमानस्थलमै गएर भेटेकी थिइन् । 

उनले जनाएअनुसार कपाल काटेको निहुँमा उनलाई परिवारले  घरमा ६ महिना सम्म थुनेको थियो । त्यसैगरी ईश्लाम धर्म पनि छोडेकोले आफूलाई परिवारले मार्न सक्ने भन्दै उनले फर्किन अस्वीकार गरेकी थिइन् । शुरुमा उनी  बैंककबाट अस्ट्रेलिया जाने तयारीमा थिइन् । उनको अष्ट्रेलियाको भीसापनि थियो । 

तर बैंककको  सुवर्णभूमि विमानस्थलमा उनको पासपोर्ट एक साउदी कूटनीतिज्ञले खोसिदिए। उनी अलपत्र परिन्। तर त्यसपछि जे भयो उनले नचिताएको भयो । सम्पूर्ण विश्व नै उनको सहयोगमा जुट्यो । उनी बैंककमा भएकै बेलामा उनका बाबु उनलाई भेट्न त्यहाँ पुगेपनि उनले भेट्न मानिनन् । उनका परिवारका एक सदस्यले बीबीसीसँगको कुराकानीमा ती युवतीले लगाएको आरोपको बारेमा भने बोल्न चाहेनन् । उनले यति मात्रै भने,‘‘हामीलाई उनको सुरक्षालाई लिएर मात्रै चिन्ता छ ।’’ (एजेन्सी)

तस्बिरः क्यानडाको टोरन्टोमा १८ वर्षिय साउदी युवती (बीचमा) लाई स्वागत गर्दै क्यानडाका विदेशमन्त्री (दायाँ) ।
 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २९, २०७५  ०७:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC