site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
बग्दाद । इराकको राजधानी बग्दादको उत्तरी भागमा रहेको एक सुरक्षा चौकीलाई लक्षितगरी आइतबार बिहान गराइएकोे एक आत्मघाती आक्रमणमा मृत्यु हुँने व्यक्तिको संख्या २१ पुगेको छ । 
 
काधिमियाको प्रवेशद्वारमा भएको आक्रमणमा विस्फोटक पदार्थ बोकेको एक आत्मघाती आक्रमणकारीले आक्रमण गर्दा दुई प्रहरी अधिकारी सहित २१ जनाकोे मृत्यु भएको नाम गोप्य राख्ने शर्तमा एक प्रहरी अधिकारीले बताए । यस आक्रमणमा परी अन्य ३५ इराकी नागरिक घाइते भएका छन् । 
 
यसअघि आइतबार नै इराकबाट प्राप्त समाचारमा १४ जनाको मृत्युभएको र २९ जना घाइलत भएका जनाइएको थियो । 
 
आक्रमणको इराकमा सक्रिय इश्लामिक स्टेट आर्इएसको एक समूहले जिम्मेवारी लिएको छ । 
 
यस महिनाको सुरुमा मध्यबग्दादको कारादा जिल्लामा आइएस आतङ्ककारी समूहले गरेको आत्मघाती आक्रमणमा २९२ व्यक्तिको मृत्यु भएको थियो । 
 
राजधानी बग्दादको उत्तर भागमा पर्ने बलाद क्षेत्रमा आक्रमणगरी ४० व्यक्तिको हत्या गरेको केही दिनपछाडि पुनः यो आक्रमण भएको छ । रासस/सिन्ह्वा 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १०, २०७३  १२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC