site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सिंहदरबारमा सफाइ अभियान
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक स्थल सिंहदरबारका सबै कार्यालय बन्द थिए । पुसको बिहानी चिसो थियो, चिसोको पर्वाह नगरी कर्मचारी र सुरक्षाकर्मी सिंहदरबार सफाइमा जुटे । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संयोजनमा भएको सफाइमा अधिकांश मन्त्रालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत बिहानैदेखि जुटेका थिए । प्रमुख प्रशासनिक स्थल क्षेत्रमा यत्रतत्र थुपारिएका निर्माण सामग्री, पुराना सवारी उठाई व्यवस्थित गरिएको कार्यालयका प्रशासन शाखा प्रमुख उपसचिव विष्णु घिमिरेले जानकारी दिए ।  

विभिन्न मन्त्रालय अघि थुपारिएका पुराना सवारीलाई गृहमन्त्रालय पछिको भागमा व्यवस्थित तरिकाले राखिएको छ । पुराना सवारीमध्ये मर्मत गरेर सञ्चालनमा आउन सक्नेलाई उपयोगमा ल्याइने कार्यालयले जनाएको छ । शनिबार १०० भन्दा बढी सवारी साधनलाई व्यवस्थित गरिएको शाखा अधिकृत सुरज पोखरेलले सुनाए ।  रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २८, २०७५  १४:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC