काठमाडौं । प्रतिभा मालीको प्रदर्शन प्रेरित न्यु डायमण्ड एकेडेमीले शुक्रबार पोखराको टप्स माबिलाई पराजित ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । शनिबार हुने फाइनलमा डायमण्डले विभागीय क्लब एपिएफको सामना गर्नेछ ।
नैकापस्थित आफनै कोर्टमा टप्स माबिबिरुद्ध पहिलो सेटमा २५–१० को जित निकालेको डायमण्ड दोस्रो सेटमा २५–११ ले विजयी भएको थियो । डायमण्डका लागि निर्णायक सेटमा टप्सले पुनरागमनको प्रयास गरेपनि २१–२५ ले नतिजा सुम्पीएको थियो । यसअघि,शुक्रबार भएको पहिलो सेमिफाइनलमा एपिएफले नेपाल पुलिस क्लबलाई ३–१ सेटमा पराजित गर्दै फाइनल स्थान बनाएको थियो ।
प्रतियोगिताको बिजेताले ट्रफीसहित ३ लाख रुपैयाँ पुरस्कार पाउनेछ । उपविजेताले २ लाख रुपैयाँ पुरस्कार पाउनेछ । तेस्रो हुने टोलीले एक लाख १ हजार र चौथोले ५१ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ र ब्यक्तिगत विधाका उत्कृष्ट खेलाडीलाई ५–५ हजार रुपैयाँ प्रदान गर्ने आयोजकले जनाएको छ ।