site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
राष्ट्रिय खेलकुद फागुनको अन्तिममा– सदस्यसचिव विष्ट
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले फागुनको अन्तिममा आठौं वृहत राष्ट्रिय खेलकुद गराएरै छाड्ने बताएका छन् । राष्ट्रिय खेलकुद आयोजनाको विषय अन्योलमा रहेका बेला पछिल्लो समय नेपालगञ्ज भ्रमणलाई तिब्रता दिएका सदस्यसचिव विष्टले बाह्रखरीसँग भने, “फागुनको २५ यता हुँदैन, २९ उता पनि जाँदैन । यसमा ढुक्क भए हुन्छ ।”

पूर्वाधार निर्माणको काम समयमा सम्पन्न नभएका कारण मंसिर ८ बाट नेपालगञ्जलगायत प्रदेश नम्बर ५ का विभिन्न सहरमा गर्ने भनिएको आठौं वृहत राष्ट्रिय खेलकुद निर्धारित मितिमा हुन सकेको थिएन । राखेपले मंसिरबाट पहिलो पटक माघ २५ लाई राष्ट्रिय खेलकुद उदघाटनको मिति सारेको थियो । त्यो मितिमा पनि पूर्वाधार तयार नहुने भएपछि सदस्यसचिव विष्टले दुई सातासम्म सर्न सक्ने बताएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

“पूर्वाधार निर्माणमा अहिले तिब्र गतिमा काम भइरहेको छ । अबको एक सातामा पूर्वाधारको अवस्था अर्कै हुन्छ । माघ १५ सम्ममा हामीले गर्ने सबै काम सम्पन्न भइसक्छन् । उदघाटन र समापन गर्ने नेपालगञ्ज रंगशालाको भिआइपी प्यारापिटको मोडुलर प्रविधिका सामानहरु मलेसियाबाट आउनमात्र बाँकी हो । फागुन १५ सम्ममा त्यो पनि फिट भइसक्छ,” नेपालगञ्जमा पूर्वाधार निर्माणको अवलोकनका लागि पुगेका सदस्यसचिव विष्टले भने, “विश्वास गर्नुस, राष्ट्रिय खेलकुद फागुनभित्रमा सुरु हुन्छ । कसैले रोकेर वा असहयोग गरेर अब राष्ट्रिय खेलुकद रोकिन्न ।”

पूर्वाधार निर्माणको अवस्थाबारे शिक्षा तथा स्वास्थ्य समिति र युवा तथा खेलकुद उपसमितिका सांसदहरुले पनि फागुनको अन्तिम सातासम्ममा राष्ट्रिय खेलकुद गर्ने वातावरण बनाउन सहयोग गर्ने वचन दिएको विष्टले बताए । “सभापति जयपुरी घर्तीलगायत सांसदहरुले चाढो बजेट निकासाका लागि सरकारलाई भन्ने र आवस्यक सहयोग गर्ने भन्नुभएको छ,” सदस्यसचिव विष्टले भने । 

Global Ime bank

राष्ट्रिय खेलकुदको नयाँ मिति नतोकिएको तथा अन्योलपूर्ण अवस्थाको चर्चा भएपछि समिति र उपसमितिले निरिक्षण भ्रमण गरेको हो । समितिका सभापति जयपुरी घर्तीको नेतृत्वमा गएको भ्रमण टोलीमा समितिका सचिव जीवराज बुढाथोकी, उपसमितिका संयोजक एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ तथा सदस्यहरु सुरेश राई, गजेन्द्र महत र रेखाकुमारी झा छन् । संसदीय टोलीलाई सदस्यसचिव विष्ट, राखेपका सदस्य विनोद मैनाली तथा मध्य पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीलगायतले बाँके र बर्दियाका विभिन्न ९ ठाउँको भ्रमण गराएको थियो ।

“हामीले बाँके र बर्दियामा खेल हुने ९ ठाउँको निरिक्षण ग¥यौं । सबै ठाउँमा हेर्दा रफ्तारमा काम भइरहेको छ । तदारुकताका साथ काम भइरहेको अवस्था छ । बीचमा बजेट वा काममा कुनै समस्या आइलागेन भने फागुन अन्तिमसम्ममा सुरु गर्न सक्ने राखेपका सदस्यसचिवले विश्वास दिलाउनुभएको छ,” युवा तथा खेलकुद उपसमितिका संयोजक एवं राखेपका पूर्व सदस्यसचिव श्रेष्ठले बाह्रखरीसँग भने, “अहिलेसम्म मिति तोकिएको अवस्था छैन । यो सरकारले विशेष महत्वका साथ आफ्नो कार्यक्रममा राखेको योजना भएकाले हाम्रो चासोको विषय बनेको हो । बजेटमा यसले उच्च महत्व पाएको छ । राष्ट्रिय खेलकुद समयमै सही ढंगबाट गर्नुपर्छ भन्ने हो । हामी काठमाडौं फर्केर समितिको वैठकबाट ठोष निर्णय गर्नेछौं ।”
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०७५  १८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC