सहयोगीलाई एन्फा अध्यक्ष शेर्पाको धन्यवाद

सहयोगीलाई एन्फा अध्यक्ष शेर्पाको धन्यवाद

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले सहिद स्मारक ‘ए’ डिभिजन लिग सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका छन् । 
मंगलबार सकिएको लिगमा सहयोग गर्नेलाई एन्फा अध्यक्ष शेर्पाले फेसबुकबाट धन्यवाद दिएका हुन् । ‘सहिद स्मारक ए डिभिजन लिग २०७५ लाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सबैमा धन्यवाद दिन चाहन्छु । जय नेपाली फुटबल,’ शेर्पाले आफ्नो स्ट्याटसमा लेखेका छन् । 
असोज १३ गते सुरु भएको लिगमा ‘ए’ डिभिजनका १४ क्लबले राउन्ड रोबिन पद्धतिमा प्रतिस्पर्धा गरेका थिए । रेलिगेसनको प्रावधान हटाइएको लिगमा मनाङ मर्स्याङदी क्लबले उपाधि जित्दा संकटा क्लब उपविजेता भएको थियो । यही वर्ष घटुवा हुनु नपरे पनि पुछारको दुई स्थानमा सीमित हुने दुई टोलीसँग अर्को वर्षको लिगबाट क्रमशः २ र १ अंक खोस्ने व्यवस्था राखिएको थियो । जहाँ एनआरटी पुछारमा सीमित हुँदा मछिन्द्र १३औं भएको थियो । 
 


प्रतिकृया दिनुहोस

संबन्धित समाचार

सहयोगीलाई एन्फा अध्यक्ष शेर्पाको धन्यवाद

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले सहिद स्मारक ‘ए’ डिभिजन लिग सम्पन्न गर्न सहयोग पुर्याउने

महिला खेलाडीलाई आकर्षक पुरस्कार दिन्छौं – एन्फा अध्यक्ष शेर्पा

काठमाडौं ।  अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले म्यानमारमा सम्पन्न ओलम्पिक छनोटको पहिलो चरणमा ऐतिहासिक सफलता हासिल

‘ए’ डिभिजन लिगको ट्रफी सार्वजनिक गर्दै एन्फा अध्यक्ष शेर्पाले भने– फुटबलमा लाग्नुस्, नाम कमाउनुस्

काठमाडौं । लामो समयदेखि सुनसान रहेको दशरथ रंगशालामा सोमबार दिउँसो निकै चहलपहल थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले

महानगरसँगको सम्झौता इतिहासकै नमुना : एन्फा अध्यक्ष शेर्पा 

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं जिल्लाका ६ वटा ‘ए’ डिभिजन क्लबलाई अनुदान रकम हस्तान्तरण गरेको छ । काठमाडौंमा सोमबार आयोजित