हिमालयन बैंकको थप सुरक्षित मास्टरकार्ड

हिमालयन बैंकको थप सुरक्षित मास्टरकार्ड

काठमाडौं । हिमालयन बैंकले मास्टरकार्डको अत्याधुनिक र थप सुरक्षित चिप र पिन प्रविधियुक्त डेबिट कार्डको सेवा सुरु गरेको छ । अन्तर्राष्ट्रिय कार्ड प्रदायक मास्टरकार्डको नयाँ कार्डको प्रयोगबाट बैंकका ग्राहकले २० प्रतिशत वा ५ सय रुपैयाँसम्म क्यासब्याक पाउनेछन् ।
बैंकका अनुसार मास्टरकार्डबाट कारोबार गरि सामान खरिद गर्दा वा रकम भुक्तानी गर्दा विभिन्न मर्चेन्टहरुमा छुट पाइने छ ।
यसै अवसरमा बैंकले नयाँ खाता खोल्ने ग्राहकका लागि सो कार्ड निःशुल्क प्रदान गर्ने जानकारी गराएको छ । यसबाहेक मास्टरकार्ड धारी ग्राहकले उक्त कार्ड नेपाल भरिका कुनै पनि पस मेसिनमा प्रयोग गरि सामान खरिद गरेमा आकर्षक नगद फिर्ता पाउने छन् ।
बैंकले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणा र मास्टरकार्डका तर्फबाट दक्षिण एसिया क्षेत्रीय प्रमुख पोरुष सिंहले उक्त कार्डको सेवा सुभारम्भ भएको घोषण गरे ।
उक्त अवसरमा बोल्दै बैंकका कार्यकारी प्रमुख राणाले मास्टरकार्डसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरे । ग्राहकहरुले उक्त कार्ड नेपाल तथा भारतका एटीएम र पस मेसिनमा प्रयोग गर्न सक्नेछन् ।
उक्त अवसरमा मास्टरकार्डका तर्फबाट पोरुष सिंहले पछिल्ला वर्षमा नेपालले डिजिटल भुक्तानी प्रणालीमा र कार्डको प्रयोगमा उच्च प्रगति गरेको हुँदा मास्टरकार्डले उक्त प्रगति पथमा हिमालयन बैंकसँग सहकार्य गर्न पाउदा गौरवान्भित भएको बताए ।
उनले नेपालमा नगद रहित कारोबारलाई प्रोत्साहन गर्न मास्टरकार्ड प्रतिवद्ध रहेको पनि बताए ।
 


प्रतिकृया दिनुहोस

संबन्धित समाचार

हिमालयन बैंकको २६ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । हिमालयन बैंकको २६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न

हिमालयन बैंकको थप सुरक्षित मास्टरकार्ड

काठमाडौं । हिमालयन बैंकले मास्टरकार्डको अत्याधुनिक र थप सुरक्षित चिप र पिन प्रविधियुक्त डेबिट कार्डको सेवा सुरु गरेको छ ।

हिमालयन बैंकका कार्डबाहकलाई चिरायू अस्पतालमा विशेष छुट

काठमाडौं । हिमालयन बैंकका सेवाग्राहीले चिरायू अस्पतालमा विशेष छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच अस्पतालले प्रदान गर्ने विभिन्न

हिमालयन बैंकको मोबाइल बैंकिङ एप सुरु

काठमाडौं । हिमालयन बैंकले आफ्नो मोबाइल बैंकिङ एप (हाई—एमबी) सुरु गरेको छ । बैंकले आयोजना गरेको एक कार्यक्रममा वरिष्ठ महाप्रबन्धक