site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हिमालयन बैंकको थप सुरक्षित मास्टरकार्ड
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । हिमालयन बैंकले मास्टरकार्डको अत्याधुनिक र थप सुरक्षित चिप र पिन प्रविधियुक्त डेबिट कार्डको सेवा सुरु गरेको छ । अन्तर्राष्ट्रिय कार्ड प्रदायक मास्टरकार्डको नयाँ कार्डको प्रयोगबाट बैंकका ग्राहकले २० प्रतिशत वा ५ सय रुपैयाँसम्म क्यासब्याक पाउनेछन् ।
बैंकका अनुसार मास्टरकार्डबाट कारोबार गरि सामान खरिद गर्दा वा रकम भुक्तानी गर्दा विभिन्न मर्चेन्टहरुमा छुट पाइने छ ।
यसै अवसरमा बैंकले नयाँ खाता खोल्ने ग्राहकका लागि सो कार्ड निःशुल्क प्रदान गर्ने जानकारी गराएको छ । यसबाहेक मास्टरकार्ड धारी ग्राहकले उक्त कार्ड नेपाल भरिका कुनै पनि पस मेसिनमा प्रयोग गरि सामान खरिद गरेमा आकर्षक नगद फिर्ता पाउने छन् ।
बैंकले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणा र मास्टरकार्डका तर्फबाट दक्षिण एसिया क्षेत्रीय प्रमुख पोरुष सिंहले उक्त कार्डको सेवा सुभारम्भ भएको घोषण गरे ।
उक्त अवसरमा बोल्दै बैंकका कार्यकारी प्रमुख राणाले मास्टरकार्डसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरे । ग्राहकहरुले उक्त कार्ड नेपाल तथा भारतका एटीएम र पस मेसिनमा प्रयोग गर्न सक्नेछन् ।
उक्त अवसरमा मास्टरकार्डका तर्फबाट पोरुष सिंहले पछिल्ला वर्षमा नेपालले डिजिटल भुक्तानी प्रणालीमा र कार्डको प्रयोगमा उच्च प्रगति गरेको हुँदा मास्टरकार्डले उक्त प्रगति पथमा हिमालयन बैंकसँग सहकार्य गर्न पाउदा गौरवान्भित भएको बताए ।
उनले नेपालमा नगद रहित कारोबारलाई प्रोत्साहन गर्न मास्टरकार्ड प्रतिवद्ध रहेको पनि बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०७५  १७:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC