site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । विभागीय डर्बी खेलमा नेपाल पुलिस क्लबलाई ३–१ सेटमा पराजित गर्दै एपिएफ क्लबले दोस्रो संस्करणको खुला न्यु डायमण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ । 
नैकापस्थित न्यु डायमण्ड एकेडेमीको कोर्टमा पुलिस क्लबमाथि पहिलो सेटमा २७–२५ को सङर्घणपुर्ण जित निकालेको एपिएफले दोस्रो सेट २५–२२ ले पुलिसलाई सुम्पीएको थियो । तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गरेको एपिएफले २५–९ को जित निकाल्यो । एपिएफले चौथो सेटमा २५–२१ को नजित निकाल्दै फाइनलमा स्थान बनाएको हो । 
एपिएफले क्वार्टरफाइनलमा पारामाउन्ट स्कुलमाथि ३–० को नतिजा निकाल्दे अन्तिम चारमा स्थान बनाएको हो । एपिएफले अब उपाधिका लागि न्यु डायमण्ड एकेडेमी र टप्स पोखराबीचको बिजेतासंग प्रतिस्पर्धा गर्नेछ । 
प्रतियोगिताको बिजेताले ३ लाख र उपविजेताले २ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । तेस्रो हुने टोलीले एक लाख १ हजार र चौथो हुनेले ५१ हजार रुपैयाँ नगद पुरस्कार जित्नेछ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ र ब्यक्तिगत विधाका उत्कृष्ट खेलाडीलाई ५÷५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०७५  १७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC