site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
जेल सजायविरुद्धको अपिल खारेज
Sarbottam CementSarbottam Cement

याङ्गुन । रोयटर्स समाचार संस्थाका दुई जना पत्रकारलाई म्यान्मारमा दिइएको ७ वर्षको जेल सजाय विरुद्धमा गरिएको अपिललाई म्यान्मारको क्षेत्रीय अदालतका एक न्यायाधीशले खारेज गरेका छन् । 

रोयटर्स समाचार समितिमा कार्यरत ३१ वर्षीय वा लिने र २८ वर्षीय क्याब सोएलाई राज्यको सुरक्षा कानुन उल्लङ्घन गरेको आरोपमा सन् २०१७ डिसेम्बरमा पक्राउ गरिएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

राखिन राज्यको सुरक्षामा प्रश्नचिह्न उठ्ने गरी यी पत्रकारहरुले गोप्य सूचना बाहिर लगेको आरोप लागेको छ । 
क्षेत्रीय उच्च अदालतका न्यायाधीश आङ नाइङले शुक्रबार ती दुई पत्रकारले सात वर्षे जेल सजाय विरुद्धको गरेको अपिल खारेज गर्ने अदालतको निर्णय भएको बताएका छन् । 

म्यान्मारको सर्वोच्च अदालतका वकीलहरुले दिएको यस अपिलको प्रक्रिया पूरा हुनका लागि नै छ महिना लाग्ने पनि नाइङ्ले बताएका छन् । 

Global Ime bank

यी दुई पत्रकारको पक्राउलाई अन्तर्राष्ट्रिय समुदाय र सञ्चार माध्यमले सञ्चार स्वतन्त्रताको हनन गरेको आरोप लगाउँदै आएको भएता पनि म्यान्मार भने यी दुई पत्रकारप्रति अनुदार देखिएको छ । 

तर म्यान्मारको राखिन राज्यमा सन् २०१७ मा भएको सैनिक दमनका कारण ७ लाख २० हजारभन्दा बढी रोहिङ्ग्या मुसलमान समुदाय सीमा इलाकामा पर्ने देश बङ्गलादेश पुगेका थिए । 

उक्त समयमा राखिन राज्यको रोहिङ्ग्या मुसलमानहरुको हत्या, बलात्कार र घरहरुमा आगजनीको घटना भएको थियो । यस्ता दमनहरुका कारण आफ्ना घरहरुमा बस्न नसकेपछि ती मुसलमानहरु छिमेकी बङ्गलादेशको शरणका पुगेका थिए । रासस÷एएफपी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०७५  २२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC