किशोरीलाई आत्मरक्षा तालिम

किशोरीलाई आत्मरक्षा तालिम

भरतपुर । महिला हिंसाका घटना न्यूनीकरण गर्ने उद्देश्ले प्राज्ञिक विद्यार्थी परिषद् चितवनले किशोरीलाई ‘आत्मरक्षा तालिम’ दिएको छ । पहिलो चरणअन्तर्गत जिल्लाका ११३ जना किशोरीलाई एक हप्ते आत्मरक्षा तालिम दिइएको हो । 

भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसको खुला चौरमा दिउँसो २ बजेपछि तालीम सञ्चालन गरिएको छ । तालिममा सहभागी किशोरीले आफैँ तालिम दिनेछन् । पछाडिबाट कसैले आएर आक्रमण गर्दा, हिँड्दा हिँड्दै हात समात्न खोजे, कसैले तानेर भित्तामा टसाएर अभद्र व्यवहार गर्न खोजे वा सामूहिकरुपमै कसैले आक्रमण गर्न खोजो कसरी बच्न सकिन्छ भन्नेबारेमा तालिम दिइएको कार्यक्रम संयोजक पूजा भुसालले जानकारी दिइन् ।  

“पहिलो चरणमा तालिम लिएका किशोरीले दोस्रो चरणमा आफैँ विद्यालयमा पुगेर तालिम दिनेछन्”, उनले भनिन्, “माघ देखि स्कूल÷स्कूलमा अभियान चलाउँछौँ ।” किशोरीलाई शारीरिकसँगै मानसिकरुपमा पनि बलियो बनाउ भन्ने उद्देश्यले विभिन्न क्षेत्रका विज्ञबाट तालीम दिइएको भुसालले बताइन् ।  

महिलामा बल भए पनि आत्मविश्वासका कमीका कारण उनीहरु हिंसाको सिकार हुनुपरेको उल्लेख गर्दै भुसालले आत्मरक्षा तालिमले महिलाको आत्मबल बढाउने विश्वास व्यक्त गरिन् ।  किशोरीलाई जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका प्रशिक्षक कुमार श्रेष्ठलगायतले प्रशिक्षण दिएका छन् ।  

यसअघि जिल्लामा राष्ट्रिय खेलकूद परिषद्ले पनि महिला तथा किशोरीलाई आत्मरक्षा तालिम दिएको थियो । रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

किशोरीलाई आत्मरक्षा तालिम 

रोल्पा । किशोरीमाथि बलात्कारका घटना दिन प्रतिदिन बढीरहेका बेला प्रतिरक्षाका लागि सदरमुकाम लिवाङमा तालिम  सञ्चालन गरिएको छ ।  अन्तर्राष्ट्रिय किशोरी दिवसका