site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
तरुण दलद्वारा सरकारविरुद्ध आन्दोलन घोषणा
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले सरकारका विरुद्ध सात वटै प्रदेशमा आन्दोलनको घोषणा गरेको छ । शुक्रबार बसेको तरुण दलको बैठकले सरकारका विरुद्ध सात वटै प्रदेशका राजधानीहरुमा आन्दोलन गर्ने घोषणा गरेको हो । 
सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार, महंगी, मूल्यवृद्धिी, वाइडबडी प्रकरण, निर्मला पन्त हत्या प्रकरण लगायतका गैरकानुनी र अलोकतान्त्रिक रवैयाको विरोधमा सातै प्रदेशको राजधानीमा आन्दोलन गर्ने निर्णय गरिएको महासचिव भुपेन्द्रजंग शाहीले बताए । 
सरकार विरुद्धको आन्दोलन अन्तरगत प्रदेश राजधानीहरुमा विरोध र्याली र विरोध सभा गरिने उनको भनाइ छ । महासचिव शाहीका अनुसार तरुण दलले माघ ८ गते  १ नम्बर प्रदेशको विराटनगरमा, माघ ९ गते २ नम्बर प्रदेशको जनकपुरमा, माघ १० गते ३ नम्बर प्रदेशको हेटौडामा र माघ ११ गते गण्डकी प्रदेशको पोखरामा आन्दोलन गर्ने भएको छ । 
यस्तै ५ नम्बर प्रदेशको भैरहवामा माघ १२ गते, कर्णाली प्रदेशको सुर्खेतमा माघ १३ गते र सुदूरपश्चिम प्रदेशको धनगढीमा माघ १४ गते आन्दोलन गर्ने निर्णय गरिएको शाहीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०७५  १५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC