नक्कली डिएसपी भन्दै धम्क्याउँदै हिँड्ने थापा पक्राउ

नक्कली डिएसपी भन्दै धम्क्याउँदै हिँड्ने थापा पक्राउ

काठमाडौं । आफूलाई नेपाल प्रहरीको डिएसपी भन्दै विभिन्न अपराधीक कार्यमा संलग्न एकजना नक्कली डिएसपी पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर बालकोटका ३५ वर्षीय अनिल थापा रहेका छन् । थापालाई महानगरिय प्रहरी परिसर काठमाडौंको टोलीले कमलादीको एक होटलबाट पक्राउ गरेको एसएसपी वसन्त लामाले बताए । 
लामाका अनुसार थापाले बहालवाला डिएसपी हुँ भन्दै काठमाडौंको दरबारमार्ग र ठमेल क्षेत्रको होटल,रेष्टुरेन्टहरुमा खाना खाएको विल समेत तिर्ने गरेका थिएनन् । थापाले महिलाहरुमाथि समेत दुव्र्यवहार गर्ने गरेको पाइएको एसएसपी लामाले बताए । थापाले आफू डिएसपी भएको नक्कली परिचयपत्र देखाउँदै आएका थिए । 
 


प्रतिकृया दिनुहोस