site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सिरियाबाट इरानको प्रभाव अन्त्य हुन्छ : पोम्पियो
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

बीबीसी । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले सिरियाबाट इरानलाई मुक्त गराउन आफ्नो देश सहयोगीहरुसँग काम गर्ने बताएका छन् । उनले यो पनि भने कि, जबसम्म इरान तथा उसका तर्फबाट युद्धमा जुटेका लडाकु असंलग्न हुँदैनन् तबसम्म सिरियाका राष्ट्रपति बसिर अल असदको नियन्त्रणमा रहेको क्षेत्रमा पुनर्निर्माणमा अमेरिकाले कुनै पनि सहयोग गर्ने छैन ।
विदेशमन्त्री पोम्पियोले नाम नलिइकनै अमेरिकाका पूर्वराष्ट्रपति बाराका ओबामाको मध्यपूर्व नीतिको आलोचना पनि गरे । उनले भने, ‘उनको आकलन पूर्णतः गलत थियो ।’ इरानले भने पोम्पियोको भनाइलाई प्रतिरोध गरेको छ । विदेशमन्त्री पोम्पियो अहिले मिस्रको यात्रामा छन् र उनको यो भनाइ काहिरामा छँदा आएको हो । 
झण्डै तीन साताअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट अमेरिकी सैनिक हटाउने घोषणा गरेका थिए । राष्ट्रपति ट्रम्पको यस्तो भनाइ आएपछि अमेरिकालाई सघाइरहेका मुलुकहरु छक्क परेका थिए । यस्तो फैसलाको आलोचना पनि भएको थियो । 
यतिबेला विदेशमन्त्री पोम्पियो राष्ट्रपति ट्रम्पको भनाइबाट हसात भएका मुलुकलाई पुनः भरोसा दिने अभियानमा जुटेका छन् । उनले भने, ‘अमेरिका आतङ्कको विरुद्ध सङ्घर्ष पूरा नभएसम्म फिर्ता जाँदैन । हाम्रो र तपाईंहरुका निम्ति खतरा बनिरहेको आईसिस (इस्लामिक स्टेट समूह), अलकायदा तथा अन्य जिहादीलाई परास्त गर्न हामी तपाई.को साथमै  रहेर मेहनत गर्नेछौँ ।’ 
मध्यपूर्वमा राम्रो अवस्था कायम गर्न अमेरिकाले आफ्नो ताकत लगाएको उनको भनाइ थियो । ‘अमेरिका जहाँबाट फर्कन्छ त्यहाँ असल अवस्था कायम हुन्छ,’ उनले भने । 
सिरियामा भइरहेको सङ्घर्षलाई इरानले समर्थन गर्दै आएको छ । रुसले पनि सिरियालाई सहयोग पुर्याउँदै आएको छ । इरान सिरियाली सरकारलाई हतियार, सैन्य सल्लाहकारका साथै कथित ढङ्गमा सैनिकको समेत सहयोग गर्दै आएको अमेरिकाको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०७५  १५:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC