site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दिल्लीमा परराष्ट्रमन्त्री ज्ञवालीको प्रश्न– —ट्रम्प र किम भेट्छन् भने अरु किन भेट्न नसक्ने ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मतभिन्नताहरु संवादको माध्यमबाट समाधान गर्नुपर्ने बताउँदै  दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को शिखर सम्मेलन हुनुपर्ने कुरामा जोड दिएका छन् । 
भारत भ्रमणमा रहेका मन्त्री ज्ञवालीले शुक्रबार नयाँ दिल्लीमा पत्रकारहरुसँग कुरा गर्दै सो कुरा बताएको टाइम्स अफ इण्डियाको अनलाइन संस्करणले शुक्रबार जनाएको छ । उनले यो क्षेत्रको आतंकवाद लगायतका अन्य चुनौतिहरु सामना गर्न एकीकृत ढंगले अघि बढ्नुपर्ने जनाएका छन् । ज्ञवालीले गएको वर्ष सिंगापुरमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच भएको वार्ताको प्रसंग उल्लेख गर्दै संवाद नै मतभेद अन्त्य गर्ने महत्वपूर्ण बाटो भएको बताएका थिए । ‘‘ट्रम्प र किम भेट्न सक्नुहुन्छ भने अन्य देशका नेताहरु किन भेट्न नसक्ने ?’’ ज्ञवालीले सो अवसरमा भनेका थिए । सार्कको आगामी शिखर सम्मेलनको पालो पाकिस्तानको भएपनि उसले सीमापार आतंकवादलाई प्रश्रय दिएको भन्दै भारतले शिखर सम्मेलनमा उपस्थितिको लागि अस्वीकार गर्दै आएको छ । 
सँगै बसेर मतभेद अन्त्य गर्नुको विकल्प नरहेको बताउँदै ज्ञवालीले यो क्षेत्रका समश्या समाधान गर्न एक्लैले नसक्ने समेत सो अवसरमा बताएका थिए । उनले नेपालले सार्कको बारेमा समेत भारतसँग कुरा  गरिरहेको उल्लेख गर्दै शिखर सम्मेलन चाँडै हुने कुरामा आफू आशावादी रहेको जनाए । उनले आफूले भारतसँग नेपालमा रहेको करिब ७ करोड भारु पुराना नोट सटहीका बारेमा पनि भारतसँग कुरा गरेको बताए । उनले विहीबारमात्रै आफ्ना भारतीय समकक्षी सुष्मा स्वराजसँग भेटवार्ता गरेका थिए ।
ज्ञवालीले सो अवसरमा नेपालको भारत र चीन दुवैसँग राम्रो सम्बन्ध रहेको जनाउँदै त्यो सम्वन्ध एक अर्कामा तुलना हुन नसक्ने समेत बताएका थिए ।  

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०७५  १५:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC