site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एक महिनाकै नाफाले निगमको हालसम्मको सबै घाटा मिलान हुने, कहिले घट्ला इन्धनको मूल्य ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल आयल निगम (एनओसी)को १५ दिनको नाफा बढेर १ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । पुस १७ गते भारतीय आयल निगमबाट एनओसीले प्राप्त गरेको नयाँ मूल्य सूचीअनुसार नेपाली बजारमा इन्धनको मूल्य समायोजन गरेपछि निगमको मासिक अनुमानित नाफा २ अर्ब ६७ करोड २२ लाख रुपैयाँ पुगेको हो ।
निगमले पेट्रोलियम पदार्थमा प्रतिलिटर २–२ रुपैयाँले घटाए पनि नाफा भने उल्टै बढेको छ । अघिल्लो पाक्षिक अवधिमा निगमको नाफा ८८ करोड रुपैयाँ रहेको थियो । त्यसो त चालु आवको विगतका केही महिनाहरुको अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम विन्दुमा पुगी निगमलाई अत्यधिक घाटा भएको थियो । चालू आवको पुस १६ सम्म निगमको कूल २ अर्ब ३७ करोड २५ लाख रुपैयाँ घाटा रहेको छ ।
यसको अर्थ आउने १५ दिनको अनुमानित नाफाका आधारमा निगमको घाटा एक महिनाभन्दा कम समयमा मिलान हुन्छ । निगमले आउने दिनमा आफूलाई केही सहज हुने देखिएको हुनाले इन्धनको मूल्यमा केही गिरावट आउने जनाएको छ ।
यसैबीच निगमले बिहीबार रातिदेखि लागू हुने गरी आन्तरिकतर्फ हवाई  इन्धनको मूल्य घटाएको छ । निगमले साबिकको बिक्रि  मूल्य प्रति लिटर १ सय ४ रूपैयाँ ५० पैसामा प्रतिलिटर १० रूपैयाँका दरले घटाई प्रतिलिटर ९४ रूपैयाँ ५० पैसा कायम गरेको छ । हवाइ मूल्य समायोजन गरेपछि निगमले नाफामा केही कमी आउने जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा पुनः केही कमी आएको र अमेरिकी डलरसँग नेपाली मुद्रा पनि केही बलियो भएको कारणले गर्दा फर्मुला बमोजिम पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य पछिल्लो केही समयदेखि घटिरहेको छ । विविध अन्तर्राष्ट्रिय घटनाक्रमहरुको कारणले गर्दा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्ने र बढ्ने प्रवृत्ति जारी नै देखिएको हुँदा सोही बमोजिम आगामी दिनमा पनि मूल्य समायोजन हुँदै जाने निगमले जनाएको छ ।
यता स्वतः सञ्चालित मूल्य समायोजन प्रणालीअनुसार एकै समयमा ठूलो अन्तरले मूल्य बढाउन तथा घटाउन नहुने भएकाले मूल्यमा ठूलो फरक नआएको निगमको दावी छ ।
निगमलाई पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ ७३ पैसा नाफा, डिजेलमा प्रतिलिटर ११ रुपैयाँ ३१ पैसा नाफा र  एलपी ग्यासमा प्रतिसिलिन्डर ८० रुपैयाँ ६९ पैसा घाटा छ । अघिल्लो पटक मूल्य समायोजन गर्दा निगमलाई पेट्रोलमा १३ रुपैयाँ ७१ पैसा नाफा, डिजेलमा प्रतिलिटर ९ रुपैयाँ ८५ पैसा नाफा र  एलपी ग्यासमा प्रतिसिलिन्डर २ सय ८४ रुपैयाँ ८३ पैसा घाटा थियो ।
निगमले अबलम्बन गर्ने स्वतः सञ्चालित मूल्य प्रणालीद्वारा कायम नयाँ मूल्य सूचीअनुसार काठमाडौंको नयाँ खुद्रा बिक्रीमूल्य पेट्रोल प्रतिलिटर १ सय ८ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर ९५ रुपैयाँ रहेको छ ।
यस समायोजन पश्चात् भारतको रक्सौल भन्दा नेपालको वीरगन्जतर्फको सिमा मूल्य अझै सस्तो छ । वीरगञ्जमा पेट्रोल भारतभन्दा १० रुपैयाँ ४१ पैसा प्रतिलिटर तथा डिजल १२ रुपैयाँ ३८ पैसा प्रतिलिटर सस्तो छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०७५  १३:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC