site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
‘लक्की ब्याग’प्रति जापानीको अनौठो मोह
Sarbottam CementSarbottam Cement

बीबीसी । हरेक साल नयाँ वर्ष सुरु हुने समयमा जापानीहरु ‘फुकुबुकुरो’ नामक रहस्यमय लक्की ब्यागका लागि घण्टौँ लाइन बस्ने गरेका छन् । यसरी ती रहस्यमय झोलाहरुमा पसल अनुसार लुगादेखि खानेकुरासम्मका सबै उपभोग्य वस्तुहरु राखि एकदमै सस्तो मूल्यमा बेच्ने गरिएको छ । 

सबैको लक्की ब्यागमा भिन्दाभिन्दै सामान हुने हुनाले कसलाई के पर्यो भन्नेबारे सबैभन्दा बढी उत्साह रहने गरेको छ । जनवरी १ का दिन खुल्ने फुकुबुकुरोको सेल हप्ताभर जारी रहन्छ । धेरै जापानीहरुका लागि नयाँ वर्ष फुकुबुकुरोकै कारण उत्साहजनक बन्ने गरेको छ । यसबिना उनीहरुले नयाँ साल खल्लो मान्ने गर्छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

वास्तवमा फुकुबुकुरोको यो चलन १९०० को दशकमा पसलेहरुले पुराना स्टकबाट छुटकारा पाउने उद्देश्यले सुरु गरेको बताइन्छ । त्यसबेला उनीहरुले नयाँ वर्षमा पुराना सामान हटाउन बाँकी रहेका वस्तुहरु रहस्यमय तरिकाले झोलामा प्याक गरेर कम मूल्यमा विक्री गर्ने गरेका थिए । तर अहिले भने नयाँ वर्षको सुरुवातसँगै हरेक साल यसले देशभर हङ्गामा मच्चाउने गरेको छ । जापानमा मात्र नभएर स्टारबक्स र अर्मानी जस्ता अन्तर्राष्ट्रिय ब्रान्डले समेत अहिले यो ट्रेन्ड अपनाइरहेको पाइएको छ ।

यसका साथै अहिलेको लक्की ब्यागमा बाँकी रहेका पुराना सामान नभएर उच्च गुणस्तरका वस्तुहरु राखिने गरिएकाले पनि यसप्रतिको मोह झन् बढ्दै गएको बताइन्छ । यसरी लक्की ब्याग भित्रका वस्तुहरु बजारमा छुट्टै किन्नु परेमा धेरै महङ्गो पर्ने हुनाले पनि मानिसहरु आफूलाई मन पर्ने स्टोरमा घण्टौँ लाइन बसेर भएपनि फुकुबुकुरो खरिद गर्न जान्छन् । ‘फुकुबुकुरो किन्न जानु जुवा खेले जस्तै हुन्छ’, जापानकी क्लार्क लटनले बीबीसीसँगको कुराकानीमा बताइन् । उनी भन्छिन्, ‘त्यो झोला भित्र के छ भन्ने थाहा नहुनुले यो प्रक्रियालाई वास्तवमै ज्यादै उत्साहजनक बनाइदिने गर्दछ । साथै यसले सबैलाई महङ्गा सामानहरु सस्तोमा खरिद गर्ने मौका पनि दिलाएको छ ।’ 

Global Ime bank

यसरी फुकुबुकुरो खरिद गरेपछि मानिसहरुले त्यस भित्रका सामानको तस्बिर लिइ सामाजिक संजालमा पोस्ट गरि खुसी व्यक्त गर्ने गरेका छन् । त्यस्तै यससँग असन्तुष्ट ग्राहकहरुले भने अनलाइन मार्फत अरुसँग आफ्नो लक्की ब्याग साट्ने वा बेच्ने गरेको पनि पाइन्छ भने कोही चाहिँ फेरि अर्कोवर्षको प्रतिक्षा गरिरहेको बताउँछन् । यस्तोमा अहिले रेस्टुरेन्ट र क्याफेहरुले समेत फुकुबुकुरो बेचिरहेका छन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०७५  १३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC