site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बलात्कारको आरोप लागेका रोनाल्डोको डीएनए परीक्षण हुँदै
Sarbottam CementSarbottam Cement

एजेन्सी । पोर्चुगिज कप्तान तथा युभेन्ट्सका स्टार क्रिष्टियानो रोनाल्डो बलात्कारमा संलग्न रहे/नरहेको तथ्य पत्ता लगाउन उनको डीएनए परिक्षण गर्ने लास भेगास प्रहरीले जनाएको छ । 
सन् २००९ मा लास भेगासस्थित एक होटेलमा अमेरीकन युवती क्थरिएन मार्योगालाई बलात्कार गरेको आरोप लागेका रोनाल्डोमाथि प्रहरीले पुन अनुसन्धान गर्न लागेको बीबीसीले जनाएको छ ।

३३ वर्षे रोनाल्डोका वकिल पिटर क्रिष्टियान्सेनले  “सम्मानजनक अनुरोध” भनेका छन् । त्यस्तै, वाल स्ट्रीट जर्नलले छिट्टै इटालीको अदालतमा वारेन्ट बुझाउने तयारी भइरहेको उल्लेख गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, रोनाल्डोले भने उक्त आरोपलाई अस्वीकार गर्दै आएका छन् । “रोनाल्डो जस्तो आज छन् । त्यसैगरी सधैँ व्यवस्थापन गर्दै आइरहेका छन् । २००९ मा जे भएको थियो त्यो सहमतिमा भएको थियो । त्यसैले यो आश्चर्य मान्ने चिज होइन । त्यहाँ डीएनए पनि बुझाउन सकिन्छ । यो मात्रै प्रहरीले आफ्नो अनुसन्धानलाई पूरा गर्न गरिएको सम्मानजनक अनुरोध हो,” क्रिष्टियनद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

जर्मनीको साप्ताहिक पत्रिका डेर स्पिगेलले अक्टोबर २०१८ मा बलात्कृत आरोपको घटनालाई मार्योगाले लास भेगास प्रहरीमा उजुरी दिएको भन्दै यो विषयलाई बाहिर निकालेको थियो ।
डेर स्पिगलले २०१० मा उक्त घटनालाई सार्वजनिक नगर्न भन्दै रोनाल्डोसहितको टोलीले मार्योगालाई २ लाख ८८ हजार पाउन्ड दिएको उल्लेख गरेको थियो । तर, उनका वकिलहरु भने बाहिर नभन्ने भनेर गरिएको उक्त घटनालाई बाहिर ल्याउन खोजेको समाचारमा उल्लेख छ । बीबीसी
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०७५  १२:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC