site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पल्लो किराँतको केन्द्रमा पहिलोपटक नेपथ्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मको ‘नेपाल यात्रा’ हालै सम्पन्न गरेपछि नेपथ्य फेरि पूर्वतिरै लाग्ने भएको छ । माघे संक्रान्तिको भोलिपल्ट नेपथ्य फिदिममा प्रस्तुत हुँदैछ ।

प्राचीन समयमा लिम्बुहरुको केन्द्रविन्दु मानिने तत्कालीन पान्थरथुम अर्थात् पाँचथर जिल्लाको सदरमुकाम हो फिदिम । कुनै समय दस लिम्बु क्षेत्रका राजाहरु फेदेन अर्थात् यसै फिदिममा जम्मा भइ आपसी कुराहरुको निर्णय लिनेगरेको ऐतिहासीक महत्व यस सहरसँग छ । पूर्वाञ्चलको माथिल्लो यस भेगमा नेपथ्यले पहिलोपटक आफूलाई प्रस्तुत गर्न लागेको हो ।

माघ २ गते यहाँस्थित फिदिम उच्च माविको खेल मैदानमा ब्याण्डले लोकरक तथा अन्य सिर्जनाहरु सुनाउनेछ । कन्सर्ट ठीक छ बजे सुरु हुने नेपालयले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

दशैं लगत्तै सिक्किमको राबाङ र त्यसपछि मुलुकभर चारवटा सहरको ‘नेपाल यात्रा’ गरेपछि नेपथ्यलाई अन्य पनि विभिन्न सहरहरुबाट कन्सर्टको निम्ति प्रस्ताव आएको थियो । त्यसमध्ये हालसम्म नेपथ्यले प्रस्तुत गर्न नपाएको नयाँ सहर भएकै कारण फिदिमलाई प्राथमिकतामा राखिएको हो ।

स्थानीय आयोजक सुम्हालुङ युथ क्लबले फिदिम सहरको प्रवर्द्धनका निम्ति कन्सर्ट आयोजना गर्ने र मुनाफाका रकमबाट विभिन्न सामाजिक कार्यमा योगदान दिने उद्देश्य पनि प्रस्तुत गरेको छ ।

Global Ime bank

“अंग्रेजी क्यालेण्डरको नयाँ वर्षसँगै नेपथ्यलाई नयाँ स्थानमा प्रस्तुत गर्ने इच्छा राखेका थियौं,” नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, “त्यसै अनुसार सन् २०१९ को यो पहिलो कन्सर्ट पनि हुने भएको छ ।”
पहिलोपटक नेपथ्यलाई आफ्नो भेगमा निम्त्याउन तत्पर स्थानीय आयोजकहरुका गतिविधिकै कारण पनि यतिबेला पाँचथरमा चहलपहल बढेको छ ।

“केहि वर्षअघि इलामको फिक्कल पुग्दा त्यहाँका दर्शकले देखाएको आत्मीयता मैले अझै भुल्नसकेको छैन,” ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, “ठूला व्यावसायिक आयोजनाहरुको आफ्नै महत्व छन् । मलाइ भने साना सहरका प्रिय श्रोताहरुको घेरामा पुग्दा अझ आनन्द लाग्छ ।”

गुरुङका अनुसार ‘सुन्दर शान्त नेपाल’ कार्यक्रम अन्तर्गतै नेपथ्यलाई समेत प्रस्तुत गर्न सन् २००५ मा पनि फिदिमको सम्भाव्यता अध्ययन गरिएको थियो । 

स्थानीय आयोजकका अनुसार बुधबारको कन्सर्टका निम्ति पाँचथर बाहेक झापा, इलाम, तेह्रथुम र ताप्लेजुङमा समेत कन्सर्टको प्रचार प्रसार तीव्र पारिएको छ । त्यसैगरि यी सबै स्थानमा बेग्लाबेग्लै टिकट काउन्टर समेत राखिएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०७५  १२:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC