site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

धनगढी । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ने क पा नेतृत्वको सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन् । नेपाल प्रेस यूनियन कैलालीले शुक्रबार बिहान धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले सुशासनको रटान लगाए पनि सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका हुन् । 
उनले संसदीय समितिले वाइड बडी प्रकरणको प्रतिवेदन नै नबुझाएको अवस्थामा संसदको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेर सरकारले छुट्टै समिति गठन गरेर भ्रष्टाचार ढाकछोप गर्न खोजेको दाबी गरे ।   
‘‘सबैभन्दा लाजमर्दाे विषय संसदीय समितिले प्रतिवेदन नै नदिएको अवस्थामा आत्तिएर संसदको क्षेत्राधिकारमाथि हस्तक्षेप हुने गरी रातारात छुट्टै समिति बनाउनुले सरकारको नियत ठिक देखिएन,’’ सिंहले भने, ‘‘यसबाट सरकारले भ्रष्टाचारलाई प्रश्रय दिएको र उसकै मिलोमतोमा वाइड बडीमा भ्रष्टाचार भएको हो कि भन्ने आशंका जगाएको छ ।’’
सरकारको नियत ठिक भएको भए उसले वाइड बडीको बिषय सार्वजनिक हुने बेलामै छानबिनका लागि चासो दिन पर्ने उनको भनाइ थियो । सरकार शान्ति–सुरक्षा, सुशासन र विदेश नीतिमा असफल भएको दाबी गर्दै सिंहले कांग्रेस संसदमा प्रभावकारी रुपमा प्रस्तुत हुँदै आएको जिकिर गरे । 
भ्रातृ संगठन नेविसंघको अहिलेको कार्यसमितिको म्याद थप्न नहुने पक्षमा उनी देखिए । ‘निर्वाचित कमिटीले काम गरोस भन्ने चाहाना थियो । अब समय हुँदा काम नगर्नेहरुबाट नयाँ आश गर्न सकिदैन,’’ कांग्रेस नेता सिंहले भने, ‘‘यसको म्याद थप्न हुँदैन । स्ववियुको चुनावमा जान सक्ने गरी नयाँ महाधिवेशन तयारी समिति गठन गरिनुपर्छ ।’’
सरकार भ्रष्टाचारमा लिप्त भयो सिंह

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०७५  १०:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC