site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कार्यसमिति विघटनको संघारमा किन मिले अध्यक्ष र महामन्त्री ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । गुटबन्दीमा रुमल्लिँदै आएको नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघमा पहिल्लो समय ‘इस्यु’गत गुट देखिएको छ । व्यक्तिगत स्वार्थपूर्तिका लागि बनेका ‘इस्यु’को गुटले फरक–फरक नेता निकट देखिँदै आएका विद्यार्थी नेताहरुलाई एक ठाउँमा उभ्याइदिएको छ । 

पार्टीमा देखिएका संस्थापन, पौडेल र सिटौला समूहझैं नेविसंघमा पनि देखिँदै आएका तीन धारका नेताहरु महाधिवेशनको मुद्दामा आफ्नो समूह छाडेर स्वार्थ मिल्ने नेताहरुसँग नजिक देखिएका छन् । १२ औं महाधिवेशन सम्पन्न गर्ने कार्यभार सुम्पेर दोस्रो पटक समयावधि थपिएपछि फरक–फरक धारमा विभक्त नेविसंघका नेताहरु स्वार्थपूर्तिका लागि एकाकारझैं देखिएका हुन् । 

दुई वर्षे कार्यकालभर एकअर्काको उछितो काढ्दै आएका नेविसंघका अध्यक्ष नैनसिंह महर र महामन्त्री कुन्दनराज काफ्ले कार्यसमिति विघटनको संघारमा पुग्दा नजिकिएका छन् । गत भदौ २ गते तीन महिनाका लागि कार्यकाल थप गरिएसँगै अध्यक्ष महर र महामन्त्री काफ्ले नजिकिएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरु महाधिवेशन अहिलेकै कार्यसमितिले सम्पन्न गर्नुपर्ने सवालमा एक ठाउँमा उभिएको दुवै निकट विद्यार्थी नेताहरुको भनाइ छ । उनीहरु ११ औं महाधिवेशनमा एउटै समूह बनाएर चुनाव लडे पनि पहिलो बैठकबाटै फरक–फरक धारमा उभिएका थिए । 

‘‘उहाँहरु सँगै चुनाव लडेर कार्यकालभरी दुई धारमा विभक्त भएको छर्लङ्गै छ । तर पछिल्लो समयमा महाधिवेशन सम्पन्न गरेर नेतृत्व हस्तान्तरणको एजेण्डामा दुवैजना एक ठाउँमा उभिएका छन्,’’ महामन्त्री काफ्ले निकट एक केन्द्रीय सदस्यले भने । 

Global Ime bank

वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिने नेविसंघका उपाध्यक्ष नवीन राई र प्रकाश राना पनि महर र काफ्लेसँगै अहिलेकै कार्यसमितिको फेरि म्याद थपेर महाधिवेशन गरिनुपर्ने पक्षमा ‘लबिङ’ गर्दै आएका छन् । 

दोस्रो पटक थप गरिएको समयावधिभित्र जिल्ला अधिवेशन सम्पन्न गरेर महाधिवेशन उन्मुखको बाटोलाई असहज बनाउन संस्थापन र संस्थापन इतर समूहकै केही विद्यार्थी नेताहरुले अप्रत्यक्ष रुपमा अगुवाइ गरेको देखिएको छ । उनीहरुले केन्द्रले जिल्ला अधिवेशनका लागि प्रतिनिधि तोकेका आफू निकटका विद्यार्थी नेताहरुलाई अधिवेशनका लागि जिल्लाहरुमा नजान ‘उर्दी’ नै जारी गरेको स्रोतको भनाइ छ । 

उनीहरुले थपिएको समयावधिभित्र महाधिवेशन सम्पन्न नभए गठन हुने तदर्थ समितिको नेतृत्व पाउने आशामा आफू निकटका केन्द्रीय प्रतिनिधिहरुलाई जिल्ला जान रोक लगाएको स्रोतको दाबी छ । जिल्ला अधिवेशन भाँडिए आफू स्थापित हुने मनसायमा रहेका संस्थापन पक्ष निकट महामन्त्री सरोज थापा, वरिष्ठ नेता रामचन्द्र पौडेल निकट विद्यार्थी नेता हिमालदत्त श्रेष्ठ र दीपक भट्टराई एक ठाउँमा देखिएका छन् । 

दोस्रो पटक थपिएको समायावधिभित्रै महाधिवेशन समयमै हुनुपर्ने भन्दै मौखिक स्वीकृति जनाउने तर भित्री चाहना फरक भएका नेताहरु पनि यो बीचमा देखिएका छन् । समयमै जिल्ला अधिवेशन सम्पन्न नभए समिति विघटनपछि गठन हुने तदर्थ समितिमा भविष्य खोज्नेमा कांग्रेसका तीन वटै समूहका विद्यार्थी नेता देखिएका छन् । 

जसमा संस्थापन निकट पुष्पकुमार शाही, पौडेल समूह निकट मनोजमणि आचार्य र सिटौला समूहका बलदेव तिमिल्सिना देखिए । उनीहरु दोस्रो पटक थपिएको समयावधिभित्र महाधिवेशन सम्पन्न गर्नका लागि अनिच्छुक देखिएको स्रोतको दाबी छ । शाही वर्तमान कार्यसमितिमा उपाध्यक्ष छन् भने आचार्य ११ औं महाधिवेशनमा अध्यक्षका उमेदवार थिए । यस्तै तिमिल्सिना पूर्वसहमहामन्त्री हुन् । 

जिल्ला अधिवेशन भाँडिए आफू स्थापित हुने मनसायमा रहेका थापा, श्रेष्ठ र भट्टराईसँगै वर्तमान कार्यसमिति विघटनपछि गठन हुने तदर्थ समितिमा भविष्य खोजिरहेका शाही, आचार्य र तिमिल्सिना अधिवेशन सम्पन्न भएका १४ जिल्लामध्ये कुनैमा पनि सहभागि नभएको बताइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०७५  १०:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC