site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राजदूत शेर्पा सोमबार पत्रकार सम्मेलन गर्दै, भन्छिन्- यस्तै हो भने कुनै राजदूत जोगिँदैनन्
Sarbottam CementSarbottam Cement

काठमाडौं । मानवतस्करीको आरोप लागेकी अष्ट्रेलियाका लागि नेपालका राजदूत लक्की शेपाले आफ्नो कुरा राख्नका लागि आउँदो सोमबार पत्रकार सम्मेलन गर्ने भएकी छन् । शुक्रबार बिहान बाह्रखरीसँगको कुराकानीमा उनले भनिन्,‘‘मैले सोमबार पत्रकार सम्मेलन गर्दैछु । स्थान भने तय गर्न बाँकी छ ।’’  

सरकारका विभिन्न मन्त्रीहरुले सार्वजनिक मन्तव्यका क्रममा राजदूत शेर्पालाई राजीनामा दिनका लागि भनिएको र उनले चाँडै राजीनामा दिने बताउँदै आइरहेका बेला राजदूत शेर्पाले भनिन्, ‘‘मन्त्रीहरुले के भन्नु भएको हो त्यो त उहाँहरुले नै जान्ने कुरा हो । तर, राजीनामाको बारेमा म सँग केही पनि कुरा भएको छैन ।’’

Prabhu Bank
Agni Group
NIC Asia

उनले कसैले गलत आरोप लगाएकै भरमा आफूलाई अपमान गर्न खोजिएको भन्दै भनिन्, ‘‘ड्राइभरले भनेकै आधारमा मेरो यसरी अपमान गर्न नमिल्ने हो ।’’  कसैको उजुरीकै आधारमा छानविन नगरी कारवाही गर्ने हो भने भोलि गएर अरु राजदूतका ड्राइभरले पनि रिस उठेकै भरमा आरोप लगाउने संस्कृति विकास हुने उनले बताइन् । 

उनको भनाइ छ, ‘‘यस्तै हो भने अरु राजदूत पनि जोगिदैनन् । त्यसैले यस्तो गम्भीर कुरामा सरकारले सोचोस् भन्ने म चाहन्छु ।’’ सरकारी उच्च स्रोतहरुले भने उनलाई राजीनामा दिन आग्रह गरिएको र राजीनामा नदिए बर्खास्त गर्ने सम्भावना रहेको बताएका छन् ।
 
विवादमा तानिएकी राजदूत शेर्पालाई परराष्ट्र मन्त्रालयले स्पष्टीकरण सोध्नुका साथै छानविन समितिसमेत गठन गरेर बयान लिएको थियो । परराष्ट्र मन्त्रालयद्वारा गठित समितिले शेर्पासँग बयान लिँदै परराष्ट्र मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो । अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पामाथि उनकै चालक वाड्चु शेर्पाले पैसा लिएर आफूलाई अष्ट्रेलिया ल्याएको आरोप लगाएपछि उनी अचानक विवादमा तानिएकी हुन् । त्यसपछि मन्त्रालयले शेर्पाका विषयमा लागेको आरोपमाथि सत्यतथ्य बुझ्न उनलाई काठमाडौं बोलाएको थियो । शेर्पाले आफू माथि लागेको आरोपका बारेमा सार्वजनिक रुपमा प्रष्ट पार्नका लागि सरकारसँग पत्रकार सम्मेलन गर्ने अनुमति मागेकी थिइन् ।
 
उनले आरोप लगाउने ड्राइभरका बारेमा भनिन्, ‘‘उसले त्यहाँ प्रोटेक्सन भीसाको लागि आवेदन हालेको छ । मलाई यस्तो आरोप लगाए पछि झन् उसको नम्बर बढ्यो होला । सरकारले जसरी उसलाई यहाँ झिकाउनुपर्ने हो त्यसो नगरेको देखेर म अचम्ममा परेकी छु ।’’
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०७५  ०९:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC