site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘एकाध वर्षमा नेपालको ऊर्जा क्षेत्रले फड्को मार्छ’
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकार र निजी क्षेत्रको संयुक्त प्रयास अपरिहार्य रहेको र पछिल्लो दिनमा त्यसको सान्र्दभिकता अझै बढेकामा जोड दिइएको छ । 

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान) र एक्स्पो एण्ड इभेन्ट मेनेजमेन्ट सर्भिसेजले हिमालयन हाइड्रो एक्पोका बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले सरकार र निजी क्षेत्रले सक्रियताका साथ काम गर्ने हो भने आगामी १० वर्षमा नेपालको ऊर्जा क्षेत्रले गुणात्मक फड्को मार्ने विश्वास व्यक्त गरे ।  

Prabhu Bank
Agni Group
NIC Asia

निजी क्षेत्रले उठाएका धेरैजसो माग सम्बोधन भए पनि वन क्षेत्रको जग्गा प्रयोगलगायतका विषय अझै सम्बोधन हुन नसकेको अध्यक्ष गुरागाईंको भनाइ छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले एउटा निर्णय गर्ने, त्यसलाई वन तथा वातावरण मन्त्रालयले अस्वीकार गर्ने प्रवृत्ति हाबी भएको भन्दै त्यसलाई निराकरण गर्न पनि साझा प्रयत्न जरुरी रहेको उनको भनाइ थियो । 

आगामी माघ ४ गतेदेखि आयोजना हुने एक्स्पोको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । जलविद्युत् क्षेत्रको महत्वपूर्ण तथा ठूलो मानिएको सो एक्स्पोमा एक लाख बढी अवलोकनकर्ताको उपस्थिति रहने अनुमान गरिएको छ । एक्स्पोमा जलविद्युत् प्रवद्र्धक, सामग्री आयातकर्ता, लगानीकर्ता, बैंक तथा बीमालगायत जलविद्युत्मा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता रहनेछ । 

Global Ime bank

एक्स्पोलाई नेपाल सरकार राष्ट्रिय योजना आयोग र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले संरक्षकत्व प्रदान गरेका छन् । साथै नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्श, निर्माण व्यवसायी महासङ्घ, नेपाल बैंकर्स सङ्घ, जलविद्युत् लगानी तथा विकास कम्पनीको सहयोग रहनेछ । 

मेलामा चीन, भारत, अष्ट्रिया, दक्षिण कोरिया, स्वीडेन, जर्मनी, बुल्गेरिया तथा बेलायतलगायत मुलुकका जलविद्युत् क्षेत्रसँग सम्बन्धित कम्पनी एक्स्पोमा सहभागी हुँदैछन् । जलविद्युत् आयोजना निर्माणमा प्रयोग हुने यन्त्र, उपकरण तथा सामग्रीसँग सम्बन्धित कम्पनीको धेरै सहभागिता एक्स्पोमा हुने भएको छ । 

जलविद्युत् उत्पादनको गति तीव्र भइरहेका बेला आयोजना निर्माणमा महत्वपूर्ण योगदान दिँदै मुलुकलाई जलविद्युत्मा आत्मनिर्भर मात्र नभई निर्यात गर्ने लक्ष्यमा अघि बढ्न एक्स्पोले टेवा पुर्याउने विश्वास लिइएको इपानका उपाध्यक्ष कुमार पाण्डेले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०७५  ०६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC