राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले पार्टी ब्यवस्थापन चुस्त हुन नसकेकाले कांग्रेस कमजोर भएको बताएका छन् । नेपाली कांग्रेस कैलाली नगर समिति भजनिले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले अरु दलहरुले गर्न नसकेका कयौं ऐतिहासिक काम गर्ने कांग्रेसले आफ्नो पार्टी ब्यवस्थापन गर्न नसकेको बताए ।
विधीसम्मत रुपमा पार्टी चलाउने प्रयास गर्ने हो भने जुनसुकै चुनौती सामना गर्न सक्ने नेता सिंहको भनाइ छ ।
अर्को फरक प्रसंगमा उनले वर्तमान सरकार पूर्ण रुपमा असक्षम भइसकेकाले यो सरकार बाट अरु नयाँ कुरा अपेक्षा गर्न नसकिने टिप्पणी गरे ।
प्रकाशित मिति: बिहीबार, पुस २६, २०७५ १८:५२
प्रतिक्रिया दिनुहोस्