site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
माघी सद्भावको पर्वः पश्चिम नेपालका थारु संस्कृति एउटै थलोमा
Sarbottam CementSarbottam Cement

दाङ । प्रशेद ५ का मुख्यमन्त्री शंकर पोखरेलले माघीलाई सद्भावको पर्व बनाउनुपर्ने वताएका छन् । बिहीबारदेखि दाङको घोराहीमा सुरु भएको प्रदेशस्तरिय माघी महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले माघी थारु र मगर समुदायको मात्रै नभई सम्पूर्ण नेपालीहरुको पर्व हो भएको उल्लेख गर्दै यसलाई समाजमा सद्भाव कायम गर्ने पर्वका रुपमा मनाउनु पर्न वताए ।

प्रदेश ५ बहुसांस्कतिक पहिचान बोकेको प्रदेश भएको भन्दै मुख्यमन्त्री पोखरेलले सबै समुदायको सहयोगमा मात्रै उत्कृष्ठ प्रदेश बनाउन सकिने वताए । प्रदेश ५ बहुसांस्कतिक पहिचान बोकेको प्रदेश भएको भन्दै उनले सबै संस्कृतिको जघेर्ना गरी यो प्रदेशलाई मुलुककै उत्कृष्ट प्रदेश बनाउन सकिने धारणा राखे ।

Prabhu Bank
Agni Group
NIC Asia

यसका लागी प्रदेश सरकारले विशेष योजना बनाएको वताए । प्रदेश सरकारको योजनालाई सफल बनाउन सबै लाग्नुपर्दछ उनले भने । 

प्रदेश ५ को बहुसंख्यक जनताहरु थारु र मगर समुदायको रहेको स्मरण गर्दै मुख्यमन्त्री पोख्रेलले यी दुवै समुदायले आफूहरुलाई आधुनिकीकरण गर्नुपर्ने वताए । प्रदेश सरकारले समृद्ध प्रदेश सुखी जनता कार्यक्रम लागु गरेको बताउँदै उनले मिहिनेती थारु र मगर समुदायको जीवनस्तर माथि नउकास्दासम्म प्रदेश सरकारको कार्यक्रम सफल नहुने हुँदा दुवै जातिले आफूलाई आधुनिकीकरण गर्नुपर्ने वताए । 

Global Ime bank

आगामी १० वर्षभित्र प्रदेश ५ का जनताहरुको प्रतिव्यक्ति आय रु १ हजार १२ अमेरिकी डलर पुर्याउने लक्ष्यका साथ प्रदेश सरकार लागिपरेको भन्दै मुख्यमन्त्री पोखरेलले यसका लागि पनि तराईको थारु समुदाय र पहाडको मगर समुदायले आफ्नो परम्परागत खेती प्रणालीलाई आधुनिकीरण गर्नुपर्ने वताए ।
 
थारु कल्याण कारिणी सभा दाङको आयोजनामा सुरु भएको माघी महोत्सवमा पश्चिम नेपालका ६ जिल्लाका थारु संस्कृति प्रस्तुत हुने कार्यक्रम छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २६, २०७५  १८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC