site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
गुणस्तर प्रमाण चिन्हप्राप्त प्रिमियर स्टिल नेपाली बजारमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रिमियर स्टिलले उत्पादनको बिक्री सुरु गरेको छ । नेपाल गुणस्तर चिन्हप्राप्त प्रिमियरले उत्पादन गरेको एफई ५०० छड विक्री सुरु गरेको हो ।

कम्पनीका छड विभिन्न साइजमा उपलब्ध छन् । ८ एमएम देखि ३२ एमएम सम्ममा उपलब्ध हुने प्रिमियर स्टिल उच्च गुणस्तरको रहेको कम्पनीको दाबी छ । प्राइम बिलेटको मात्र प्रयोग गरी उत्पादन हुने हुँदा यो आफैंमा गुणस्तरीय छड बन्न पुगेको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कम्पनीको उद्योगमा प्रति घण्टा ४० टनका दरले छड उत्पादन हुन्छ । कम्पनीले २० घण्टा उद्योग सञ्चालन गरेर ४ घण्टा मेन्टेनेन्स गर्ने गरेको जनाएको छ । 

अहिलेसम्मकै सबैभन्दा आधुनिक र उन्नत प्रकारको जापानी प्रविधिको फलामे डन्डीको उत्पादन गरिने कम्पनीको दाबी छ ।

Global Ime bank

उद्योगमा पूर्ण स्वचालित रोलिङ प्रणाली भएकाले मानवजन्य गल्तीका कारण उत्पादन कमजोर नहुने र कम्प्युटर न्युमेरिकल कन्ट्रोल्ड मेसिनबाट यसको रिब डिजाइन र नोचिङ गरिने हुँदा सिमेन्टको मिश्रणसँग बलियो बन्धन समेत हुने कम्पनीको दाबी छ ।

प्रिमियर स्टिलमा भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम, उडिसाको रायगढ, झारखण्डस्थित जमसेदपुर र पश्चिम बंगालस्थित दुर्गापुरबाट कच्चा पदार्थ प्राइम बिलेट ल्याएर उत्पादन गर्ने गरिएको छ ।

छडको मुख्य बजार हाल प्रदेश नं. १ रहेको छ भने आगामी दिनहरुमा उत्पादनलाई मुलुकभरि पुर्याउने लक्ष्य कम्पनीले लिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २६, २०७५  १६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC