site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ओली–प्रचण्डले विश्वास गर्नुभयो, काम गरेर देखाउँछु– निगम प्रमुख पौडेल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई पत्याएर यो पदमा नियुक्त गरेको बताएका छन् । निगम वार्षिकोत्सवको अवसरमा पौडेलले मन्तव्य दिँदै दुवै नेताप्रति आभार व्यक्त गरेका हुन् ।
पौडेल निगमको कार्यकारी निर्देशकको रुपमा नियुक्त भएको दुई दिन पनि बितेको छैन । यसबीचमा सार्वजनिक रुपमा नामै तोकेर ओली र प्रचण्डलाई आफूलाई निगम प्रमुख बनाइदिएकोमा पौडेलले ‘धन्यवाद’ भनेका हुन् ।
पौडेलले भने, “मलाई विश्वास गरेर यो जिम्मेवारी दिनुहुने प्रधानमन्त्रीज्यू र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूप्रति हार्दिक आभारी छु ।” उनीहरुले दिएको म्यान्डेट पूरा गर्न आफू कर्तव्यनिष्ठ भएर लाग्ने पनि प्रतिवद्धता उनले व्यक्त गरे ।
नवनियुक्त प्रमुख पौडेलले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई इंगित गर्दै भने, “अब त म माननीय आपूर्ति मन्त्रीज्यूको कार्यकर्ता पनि भइसकेको छु ।” नेकपाका अध्यक्षद्वय र मन्त्रीले डोेर्याएको बाटोमा हिँड्दै शून्य सहनशीलताको मान्यता अनुरुप अगाडि बढ्नुका साथै कमी कमजोरी न्यूनीकरण गरी निगमलाई सुदृढ तुल्याउने उनले योजना सुनाए ।
उनले भने, “सबैजनाले गर्नुभएको विश्वास पूरा गर्नेछु ।” नियुक्तिपछि सञ्चार माध्यमदेखि जनमानसले गरेको प्रशंसाप्रति आभारी रहेको उनले उल्लेख गरे । उनले भने, “उहाँहरुको विश्वास कायम राख्दै कर्तव्यनिष्ठ हुन खरो उत्रने छु ।”
विकृति रोक्ने, भएका विकृति चिरफार गर्दै पारदर्शी बन्ने, असकल शासनको सिद्धान्त शिरोपर गर्ने उनको योजना छ ।
उनले थपे, “दुई दिनमा धेरै नबुझेका कारण पेसामा कर्तव्यनिष्ठ भएर मन्त्रीज्यूलाई साक्षी राखेर भन्न चाहन्छु कि निगम रिफर्म हुन्छ, म गर्छु, यहाँहरुको अपेक्षा पूरा गर्न खरो भएर काम गर्नेछु ।”
गत आवसम्म निगमले विकास निर्माणमा करिब ५५ अर्ब योगदान गरिसकेको बताउँदै पौडेलले बूढीगण्डकी जलविद्युत् आयोजना बनाउन हालसम्म २७ अर्ब रुपैयाँ संकलन भइसकेको बताए ।
उनले भने, “यो रकम निगमले निर्धारण गरेको मूल्यबाट उठेको रकम हो । हामीसँग खर्च गर्न सक्ने ६ अर्बभन्दा ठूलो कोष पनि छ । उक्त रकम राष्ट्रनिर्माण र आयल निगमको संरचनागत सुधारमा खर्च गर्न सकिन्छ ।”
उनले आफ्नो पहिलो काम नै योजना र नीति बनाउने तथा त्यो कार्यान्वयन गर्नु रहेको दावी गरे । उनले भने, “सर्वसाधारणले आफूले तिरेको मूल्य बराबरको सेवा पाउने र निगमले त्यसको पारदर्शी हिसाबकिताब राख्ने विश्वस्त गराउन चाहन्छु ।”
मन्त्रिपरिषद्को सोमबारको बैठकले उदयपुर सिमेन्टका महाप्रबन्धक रहेका पौडेललाई कार्यकारी निगम निर्देशकमा नियुक्त गरेको थियो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिफारिस गरेका पौडेलसहित अनिलकुमार झा र तारानाथ पौडेलमध्ये सरकारले पौडेललाई निगम हाँक्ने जिम्मेवारी दिएको हो । चार्टर्ड एकाउन्टेन्ट समेत रहेका पौडेलले उदयपुर सिमेन्टलाई नाफाको बाटोमा डोर्याएका थिए । तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्का भ्रष्टाचारको मुद्दामा पदमुक्त भएपछि निगमका निमित्त कार्यकारी निर्देशकका रुपमा सुशील भट्टराईले नेतृत्व गर्दै आएका थिए ।

निगम ४८ वर्ष पूरा
नेपाल आयल निगम ४८ वर्ष पूरा भई ४९ वर्ष प्रवेश गरेको छ । सो अवसरमा बिहीबार निगम हातामा ४९ औं वार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २६, २०७५  १४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC