निर्मलाका बुवा यज्ञराजको चेतावनी– आमा दुर्गाले राहत बुझे आत्महत्या गर्दिन्छु (भिडियोसहित)

निर्मलाका बुवा यज्ञराजको चेतावनी– आमा दुर्गाले राहत बुझे आत्महत्या गर्दिन्छु (भिडियोसहित)

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला पन्तका परिवारलाई सरकारले दिएको राहतमा विवाद भएको छ । निर्मलाको परिवारलाई केन्द्र सरकारले १० लाख, प्रदेश सरकारले ५ लाख र भीमदत्त नगरपालिकाले ३ राहत राहत रकम सहयोग गर्ने घोषणा गरेका थिए । 

उनीहरुले हालसम्म राहत बुझेका छैनन् ।, तर बुधबारमात्रै निर्मलाकी आमाले आफ्ना बाँकी दुई छोरीको भविष्यको लागि राहत बुझ्ने  बताएकी थिइन् । निर्मलाका बुवा यज्ञराज पन्तले भने सरकारले दिएको राहत रकम बुझे दुर्गादेवीको घरको दैलोमा गएर आत्महत्या गर्ने चेतावनी दिएका छन् । यज्ञराजले सडकमै सबैको अगाडि दुर्गादेवीलाई धम्की दिएको भिडियो सार्वजनिक भएको छ । यज्ञराजले कान्छी श्रीमतीको रुपमा लक्ष्मी भट्टलाई भित्र्याएपछि १२ वर्षदेखि छुट्टै घरमा बस्दै आएका थिए । मजदुरी गरेर दुर्गाले छोरीहरुको व्यवस्थापन गर्दै आएकी थिइन् ।

राहतकै रकम बाँडफाँटको विषयमा अहिले निर्मलाको परिवारमा विवाद चुलिएको छ । स्थानीयले भने कान्छी आमा र बावुले राहत रकममा भाग खोजेपछि विवाद चुलिएको बताउँदै आएका छन् । निर्मलाकी आमा दुर्गाले डिएनए म्याच र राहत बुझ्ने बताएपछि निर्मलाका बाबु यज्ञराज र सोतैनी आमा लक्ष्मीले राहत बुझेकै दिन दुर्गाकै घरमा आएर आत्महत्या गर्ने घोषणा गरेको स्थानीयको आरोप छ । यज्ञराजकी कान्छी श्रीमतीले भने राहत रकममा भाग नखोजेको बताइन् । उनले भनिन्, ‘‘न्याय नपाएसम्म राहत बुझ्दैनौं । यदि दुर्गा (निर्मलाकी आमा) ले राहत बुझे उहाँले (यज्ञराजले) घरमै गएर आत्महत्या गर्छु भन्नुभएको छ ।’’

निर्मलाकी आमा दुर्गाले डिएनए म्याचका लागि रगत दिएसँगै राहत बुझ्ने बताएपछि यज्ञराजले उनलाई भोलिपल्टै यस्तो चेतावनी दिएका हुन । बुधबार निर्मलाकी आमा दुर्गाले प्रहरीमा निवेदन दिएर निर्मलाकै योनीबाट भेजाइनल स्वाब निकालिएको हो वा होइन भनी यकिन गर्नका लागि रगतको नमुना दिएकी थिइन् ।

निर्मलाका बावु यज्ञराज र सौतेनी आमा लक्ष्मीले घरपरिवारसँग सल्लाह नै नगरी अरुले उस्काएको भरमा रगत दिएको र राहत बुझ्न राजी भएको आरोप लगाएका छन् । तर, निर्मलाकी आमा दुर्गाले न्याय पर्खिंदा–पर्खिंदा दुई छोरीमाथि पनि अन्याय हुने भएकाले राहत बुझेर छोरीको भविष्य बनाउने भन्दै राहत बुझ्ने बताएकी थिइन् । 

 

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

निर्मला पन्त हत्याको कथामा बनेको चलचित्र ‘कोपीला’को इन्डक्ल्याप

काठमाडौं । बलात्कार पछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको वास्तविक कथामा आधारित चलचित्र ‘कोपिला’को छायांकन सकिएको छ ।

सरकारले नै निर्मला पन्तका हत्यारालाई संरक्षण गरेको पुष्टि भएको कांग्रेस महामन्त्रीको दाबी 

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारले नै निर्मला पन्तका हत्यारालाई संरक्षण गरेको पुष्टि भइसकेको दाबी गरेका छन्

निर्मला पन्त प्रकरण राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमै छानबिन हुन्छ : प्रधानमन्त्री

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त प्रकरणमा दोषी पत्ता लगाउन भइरहेको ढिलाइप्रति कमजोरी

निर्मला पन्त हत्याको आशंकामा पक्राउ परेका विशाल चौधरी रिहा

काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको  हत्यामा संलग्न भएको आशंकामा पक्राउ परेका विशाल चौधरी छुटेका छन् ।  कञ्चनपुर प्रहरीले