site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मेलम्चीको ठेकेदार कम्पनी सम्पर्कविहीन, आयोजना तीन वर्ष पछि धकेलिन सक्ने !
Sarbottam CementSarbottam Cement

काठमाडौं । पुस २ गतेबाट मेलम्ची खानेपानीको काम ठप्प पारेको इटालीको सीएमसी कम्पनीका प्रतिनिधि खानेपानी मन्त्रालयको सम्पर्कमा छैनन् ।  भूकम्प र नाकाबन्दीका कारण तोकेभन्दा बढी काम गर्नु परेको भन्दै  सीएमसीले मन्त्रालयसँग १ अर्ब ३६ करोड रुपैयाँ क्षतिपूर्ति मागेको थियो । 

मन्त्रालयले कम्पनीलाई क्षतिपूर्तिबापत तिर्नुपर्ने उक्त रकम बढी भएको बताएपछि आयोजनाको डेब्युट बोर्डको गएको असारमा बसेको बैठकले मन्त्रालयले आयोजनालाई ३६ करोड रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको थियो । 

क्षतिपूर्तिबापतको उक्त रकम मन्त्रालयले कम्पनीलाई तिर्न ढिलो गरेपछि कम्पनीले आफू आर्थिक रुपमा टाट पल्टिएको दाबी गर्दै आएको थियो । पुस १ गतेभित्र मन्त्रालयले क्षतिपूर्ति नतिरे काम छोड्न बाध्य हुने बताउँदै कम्पनीले मन्त्रालयलाई ‘लेटर टु टर्मिनेसन’ पठाएको थियो । पुस १ भित्र मन्त्रालयले कम्पनीलाई क्षतिपूर्ति रकम नतिरेपछि कम्पनीका प्रतिनिधि मेलम्चीको काम छोडेर इटाली फर्किएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

मेलम्ची खानेपानी आयोजना विकास समितिले ती प्रतिनिधिहरु सोमबार नै काठमाडौं आउने जानकारी गराएपनि हालसम्म सम्पर्कमा नआएको बताइएको छ । 

“सीएमसी प्रतिनिधि कहिले आउने हुन् हामीलाई केही जानकारी छैन,” मेलम्ची खानेपानी आयोजना विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले बाह्रखरीसँग भने, “मेलम्ची आयोजनाको सुरुङ र हेडबक्समा काम सम्पन्न गर्ने जिम्मा लिएको सीएमसी काममा नआउँदा आयोजना सम्पन्न हुने मिति यकिन छैन ।”

Global Ime bank

सीएमसी कम्पनीका प्रतिनिधि अङ्ग्रेजी नयाँवर्ष र क्रिसमस मनाउन विदेश गएको खानेपानी मन्त्रालयले बताए पनि हालसम्म उनीहरु नेपाल नफर्किएकोबारे मन्त्रालयले केही बोलेको छैन ।

“सीएमसी सम्पर्कविहीन छ । कहिले फर्किने हो हामीलाई केही जानकारी छैन,” मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले भने, “नेपाली उपठेकेदार कम्पनीले बाँकी काम गर्नसक्छन् । यसका लागि मन्त्रालय र आयोजनाका प्रशासकीय अधिकृतबीच छलफल हुनुपर्छ । सीएमसी कहिले नेपाल फर्किन्छ भन्ने जानकारी नहुँदा मन्त्रालयलाई आगामी रणनीति अपनाउन अप्ठेरो परेको छ ।”

खानेपानी मन्त्री बिना मगरले सीएमसीलाई क्षतिपूर्तिबापतको ३६ करोड रुपैयाँ तिर्न मन्त्रालय तयार भएको बताइन् । “मन्त्रालय कम्पनीको सो रकम तिर्न तयार छ । तर हालको अवस्थामा कम्पनी प्रतिनिधि सम्पर्कमा नभएको र कम्पनीको खाता रोक्का भएकाले क्षतिपूर्ति तिर्न असहज छ,” मन्त्री मगरले भनिन् ।

एशियाली विकास बैंकले सुरुङ र हेडबक्समा रकम लगानी गरेकाले अर्को ठेकेदार कम्पनी छनोट गर्न आयोजनालाई कानुनी अड्चन रहेको छ ।

सुरुङ र हेडबक्समा ४५ भन्दा बढी नेपाली उपठेकेदारले काम गरिरहेका छन् । ती उपठेकेदार कम्पनीले पनि सीएमसी कम्पनीबाट करिब ढेड अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको छ ।

“सीएमसीका प्रतिनिधि हालसम्म हाम्रो सम्पर्कमा नआएपछि उप–ठेकेदारले पाउने रकम नदिई उनीहरुलाई काम लगाउन सकिँदैन,” मन्त्रालयलका प्रवक्ता शंकर सुवेदीले भने, “सीएमसी सम्पर्कमा नआएको र आयोजनासँग उप–ठेकेदारलाई तिर्ने रकम नभएकाले आयोजना अगाडि बढ्ने विषय अझै अन्योलमा छ ।”

सीएमसी नै काममा नआए अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर नयाँ ठेकेदार कम्पनी नियुक्त गर्नुपर्छ । यसका लागि कम्पनी छनोट गर्न नै १ वर्षभन्दा बढी समय लाग्ने पन्तले बताए । नयाँ कम्पनी छनोट प्रक्रिया अपनाएर काम सुरु गर्दा आयोजनाको बाँकी काम ३ वर्ष पछि धकेलिने बताइएको छ ।

मेलम्चीदेखि सुन्दरीजलसम्म जम्मा २७ किमि सुरुङमध्ये हाल ९ सय किमि सुरुङ फिनिसिङ गर्न बाँकी रहेको छ ।

मेलम्ची नदीबाट दैनिक आउने १७ करोड लिटर पानी प्रशोधनका लागि सुन्दरीजलमा हाल ८ दशमलब ५ करोड लिटर क्षमताको एउटा प्रशोधन केन्दको निर्माण सम्पन्न भएको छ । 
उपत्यकाको १२ सय किमि खानेपानी बिछ्याउने काम मध्ये २ सय किमि मात्र  पाइप बिछ्याउने काम गर्न बाँकी रहेको छ । हाल हेडबक्स निर्माण र सुरुङ फिनिसिङ गर्ने काम ठप्प भएकाले अन्य सहायक काम पछाडि धकेलिएको मेलम्ची खानेपानी उपआयोजना २ का प्रमुख तिरेशप्रसाद खत्रीले बताए । 
  
 
 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २६, २०७५  ०८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC