site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
एप्पल मात्र होइन सामसुङ पनि घाटामा
Sarbottam CementSarbottam Cement

एजेन्सी । व्यापारिक घाटाको सामना गर्ने कम्पनीमा अहिले सामसुङको नाम पनि परेको छ । दक्षिण कोरियाली कम्पनी सामसुङले दिएको जानकारी अनुसार पछिल्लो तीन महिनामा कम्पनीको नाफा दर विश्लेषकहरुको अनुमान विपरित गत वर्षको भन्दा ३० प्रतिशत कम भएको छ । स्मार्टफोन उद्योगमा बढ्दो प्रतिस्पर्धा र सामसुङको मेमोरी चिपको घट्दो मागका कारण कम्पनीको व्यापारमा यस्तो गिरावट आएको बताइएको छ । 

गत हप्ता मात्र आइफोन निर्माण कम्पनी एप्पलले पनि विगतका वर्षहरु भन्दा कम फोन विक्री गर्ने घोषणा गरेको थियो । केही समय यता देखि अमेरिका र चीनबीच जारी व्यापार युद्धका कारण चीनमा आइफोनको माग निराशाजनक देखिएपछि कम्पनीले यस्तो निर्णय सुनाएको हो । विश्वको सर्वाधिक ठूलो स्मार्टफोन निर्माण कम्पनी सामसुङले भने मंगलबार आफ्नो व्यापार घाटामा चीनको प्रभावबारे कुनै उल्लेख गरेको छैन । तरपनि सामसुङको शेयरमा हाल राजधानी सिओलमै १.७ प्रतिशतले गिरावट आएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कम्पनीले पछिल्लो वर्षको तुलनामा आफ्नो एक चौथाइ बजार भाउ गुमाइसकेको छ । वास्तवमा विश्वको सबैभन्दा ठूलो स्मार्टफोन बजार मानिएको चीनको अर्थतन्त्रमा पछिल्लो समय लगातार समस्या आइरहेपछि यसले विश्वभरका विभिन्न व्यवसायहरुमा नकारात्मक प्रभाव पारिरहेको छ । 

सामसुङले स्मार्टफोनका साथै त्यसका महत्वपूर्ण पूर्जाहरु पनि आफैँ निर्माण गरि विक्री गर्ने गरेको छ । मेमोरी चिप देखि डिस्प्ले स्क्रिन सम्मका प्रमुख उपकरणहरु सामसुङले अन्य ठूला प्राविधिक कम्पनीहरुलाई बेच्दै आएको छ । एप्पलले हालै सार्वजानिक गरेको आइफोनमा प्रयोग भएका ओएलइडी स्क्रिन पनि सामसुङले नै निर्माण गरेको हो । तरपनि कम्पनीको विक्री दर योपटक एघार प्रतिशत अर्थात ५२.५ अर्ब डलरले घट्ने अनुमान गरिएको छ । 

Global Ime bank

२०१८ को अन्तिम तीन महिनाको व्यापारिक नाफा ९.६ अर्ब डलर हुन सक्ने बताइएको छ । पछिल्लो वर्ष भने सामसुङले यही समयमा १३.५ अर्ब डलर नफा कमाएको थियो । यस्तोमा कम्पनीको खराब प्रदर्शनीले २०१९ को पहिलो तीन महिनाको आम्दानीमा पनि नकारात्मक प्रभाव पार्ने विश्लेषकहरुको अनुमान छ । यसकारण कठिन व्यापारिक परिस्थितिका बीच वर्षको अन्त्य तिर मात्र व्यापारमा सुधार आउन सक्ने सामसुङले बताएको हो । यसमा कम्पनीले लन्च गर्न लागेको नयाँ फाइभजी टेक्नोलोजी र फोल्डेबल स्मार्टफोनले ठूलो योगदान पुर्याउने सामसुङको अपेक्षा छ । 

यता विश्लेषकहरुले भने सामसुङको यस्तो कमजोर बयानबारे कुनै आश्चर्य नभएको जनाएका छन् । भारत लगायत दक्षिण पूर्वी एसियाको बढ्दो स्मार्टफोन बजारमा चिनियाँ कम्पनीहरुले सामसुङको पहुँच सिमित बनाइरहेको हुँदा व्यापारमा गिरावट आउनु स्वाभाविक रहेको सिंगापुर स्थित आइडीसीका विश्लेषक किरनजित कौर बताउँछन् । आईडीसीको अहिलेको रिपोर्ट अनुसार सामसुङले अझैपनि विश्वव्यापी रुपमा सबैभन्दा बढी उत्पादन विक्री गर्ने गरिरहेको छ तर २०१८ को तेस्रो क्वाटरमा भने व्यापारमा १३ प्रतिशत गिरावट देखिएको हो । उता चिनियाँ स्मार्टफोन निर्माता हुवावेको व्यापारमा भने ३३ प्रतिशत वृद्धि भएको पाइएको थियो । सामसुङले अब २०१८ को अन्तिम तीन महिनाको व्यापारिक नतिजाबारे जनवरी अन्तिममा मात्र खुलासा गर्नेछ ।  सिएनएन

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २६, २०७५  ०८:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC