site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
केन्द्र तोक्न पथरीशनिश्चरेका जनप्रतिनिधि असफल, संघीय सरकार गुहार्ने निर्णय
Sarbottam CementSarbottam Cement

विराटनगर । केन्द्र सम्बन्धी विवाद मिलाउन नसकेपछि मोरङको पथरीशनिश्चरे नगरपालिकाले संघीय सरकार गुहार्ने भएको छ । तलबाटै विवाद मिलाउन नसक्दा नगरपालिकाले केन्द्रको मुख ताक्ने निर्णय गरेको हो ।

बुधबार बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिका केन्द्रको विषयमा उठेको विवादलाई टुङ्याउने पहलका गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा डेडिकेशन जाने निर्णय गरेको छ । 

कानुनी प्रश्न नउठ्ने हिसाबले नगरपालिकाको केन्द्रको कार्यान्वयनको माग गर्न मन्त्रालय जाने तय भएको नगर प्रमुख दिलिपकुमार राइले बताएका छन् । नगरपालिकाबाट ५ जना र ‘सर्वाेच्च अदालतको फैसला कार्यान्वयन संघर्ष समिति’बाट ५ जना रहने गरी १० जनाको डेडिकेसन समिति बनाउने निर्णयसमेत भएको छ । राईले भने, ‘सकेसम्म हामीले यतै सहमति गर्ने प्रयास गरेका हौं तर मिलाउन सकिएन् ।’

Prabhu Bank
Agni Group
NIC Asia

नगरपालिकाको केन्द्र वडा नम्बर १० को भुटानी शरणार्थी शिविर रहेको क्षेत्र वा वडा नम्बर १ को साविक पथरी बजारमै केन्द्र राख्ने भन्ने स्थानीयमा विवाद छ । शनिश्चरेतर्फका स्थानीयले शरणार्थी शिविर क्षेत्र र पथरीतर्फकाले अहिले भएकै ठाउँ भन्ने अडान लिएका छन् । 

सुरुको दलीय सहमति, त्यसपछिको उच्च अदालत र सर्वाेच्चले फैसला गर्दै शिविर क्षेत्रमै राख्न आदेश दिएको थियो । तर, अझै विवाद छ । अदालतले आदेश दिएपनि कार्यालय सार्ने विषयमा नगरपालिकाले काम गरेको छैन् ।

Global Ime bank

स्थानीयबीच केन्द्र कहाँ राख्ने भन्ने विवाद मिल्न नसक्दा नगरपालिका भने संघीय सरकार गुहार्ने तयारीमा लागेको हो । वडा नम्वर १०, ९ सहितका केही वडाका बासिन्दाले पर्शुराम कार्कीको संयोजकत्वमा ‘सर्वाेच्च अदालतको फैसला कार्यान्वयन संघर्ष समिति’ बनाएर संघर्षका कार्यक्रम अघि बढाएका छन् । 

राज्य पुर्नसंरचना आयोगले हसनदह मिलेर पथरीशनिश्चरे नगरपालिका बनेपनि अस्थायी हिसाबले पथरीमै कार्यालयमै राख्ने र पछि शिविर भएकै क्षेत्रमा राख्नुपर्ने भन्ने विगतको सहमति थियो । २०६८ साउन ३२ गते दलले तत्काललाई पथरी नै कार्यालय राख्ने र पछि शिविर क्षेत्र सार्ने सहमति गरेका थिए । तर, नगरपालिका घोषणा भएपछि शिविरतर्फ सार्न पहल भएन् । शनिश्चरेवासीले भने शिवर क्षेत्रमै राख्न माग गर्दै आएका छन् । हसनदह गाभिएपनि आयोगले केन्द्र पथरीशनिश्चरे नगरपालिकाकै कार्यालयमा रहने भनिदियो । तर, कार्यालय बनेको थिएन त्यसैले त्यसको ब्याख्या पथरी नै भनिएको भन्ने तर्क एकथरि स्थानीयले दाबी गरेपछि विवाद झन् बढेको हो । प्रमुख राईले भने,‘‘यही विवाद र कानुनी जटिलताको समाधान गरिदिन मन्त्रालयले पहल गरिदेओस भन्ने हाम्रो चाहना हो ।’’

यसैबीच गनरपालिकाले भाषा, कला र संस्कृति सम्बन्धी छुट्टै कार्यविधि तयार गरेको छ । नगर कार्यपालिकाको बुधबार बसेको बैठकले ‘भाषा, कला र संस्कृति प्रवद्र्धन कार्यविधि’ पारित गरेको हो । नगर प्रवक्ता यामप्रसाद गुरागाईंले भने, ‘‘आफ्नो नगरमा रहेका भाषा, संस्कति र कलाको संरक्षण गर्नका लागि स्थानीय सरकारका तर्फबाट प्रयास थालनि गरिएको हो ।’’ नगरमा उपसमितिका रुपमा ‘भाषा, कला र संस्कृति प्रवद्र्धन समिति’ यसअघि नै गठन भएको गुरागाईंले जानकारी दिए । नगरपालिकाले ५ लाख रुपैयाँ विनियोजन गरेर भाषा, कला र संस्कृति प्रवद्धनमा काम गर्ने तयारी गरेको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २५, २०७५  १८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC