site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सहसचिव श्रेष्ठविरुद्ध मुद्दा दायर
Sarbottam CementSarbottam Cement

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक चन्द्रमान श्रेष्ठले पदको दुरुपयोग गरी स्रोत नखुलेको सम्पत्ति जम्मा पारेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

श्रेष्ठ हाल वन तथा वातावरण मन्त्रालयको सहसचिवमा कार्यरत छन् । सार्वजनिक सेवाको पदमा रहँदा आफ्नो पद तथा अधिकारको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको सम्बन्धमा छानविन गर्दा रु एक करोड ३४ लाख ५७६ बराबरको सम्पत्ति अवैध रहेको अनुसन्धानका क्रममा फेला परेको आयोगले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सहसचिव श्रेष्ठले विसं २०३८ माघ २८ गतेदेखि जाँच अवधिसम्म रु दुई करोड १० लाख ७७ हजार चार बराबरको आय आर्जन गरेको पाइएको छ । उक्त अवधिमा श्रेष्ठ र उनको परिवारका सदस्यको चल÷अचल सम्पत्ति तथा सवारी खरीद, शेयर लगानी, शिक्षा, विदेश भ्रमण, बैंक मौज्दातलगायतका शीर्षकमा समेत गरी रु तीन करोड ४४ लाख ७७ हजार ५८० बराबरको खर्च गरेको देखिएको छ । 

आयोगका अनुसार वैध आयको तुलनामा रु एक करोड ३४ लाख ५७६ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएकाले श्रेष्ठको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिन आएको छ । सहसचिव श्रेष्ठले राष्ट्रसेवक भएपश्चात के–कस्तो स्रोतबाट सम्पत्ति आर्जन गरेको हो भन्ने कुराको स्रोत पुष्टि गर्न नसकेबाट गैरकानूनीरुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आयोगको ठहर छ । 

Global Ime bank

आयोगले स्रोत नखुलेको सम्पत्ति श्रेष्ठको श्रीमती जमुना तण्डुकार र जिल्ला नवलपरासी स्वाठीकी भगवती योगीको नाममा समेत पाइएकाले उनीहरुविरुद्ध समेत विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ । आयोगले बिगो असुलउपर गरी कैद सजायकोसमेत माग गरेको सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २५, २०७५  २१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC