site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अध्यागमनले साढे ५ महिनामा उठायो डेढ अर्ब  
Sarbottam CementSarbottam Cement

काठमाडौं । अध्यागमन विभागले साढे पाँच महिनाको अवधिमा करिव डेढ अर्ब रुपैयाँ राजस्व उठाएको छ । विभाग र मातहतका कार्यालयहरुले गत साउन १ देखि पुस १५ गतेसम्म कुल १ अर्ब ३० करोड ७० लाख ४१ हजार १ सय २० रुपैयाँ राजस्व उठाएको हो । 

अध्यागमन विभागद्वारा बुधबार जारी विज्ञप्तिअनुसार सन् २०१८ मा ११ लाख ७३ हजार ३ सय ५८ जना विदेशी नागरिक नेपाल भित्रिएका थिए । सोही अवधिमा ११ लाख ८० हजार २ सय ५९ जना पर्यटक नेपालबाट बाहिरिएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

सन् २०१८ मा विदेश गएकामध्ये १२ लाख ६२ हजार ५ सय ९५ नेपाली स्वदेश फर्केको देखिन्छ भने सोही अवधिमा १२ लाख ६९ हजार ७ सय २५ नेपाली देश छोडेर विदेश गएका थिए । विभागको तथ्याङ्कले देश भित्रने नेपाली भन्दा देश छोडी विदेश जाने नेपालीको संख्या बढी रहेको देखाएको छ । 

“२०७५ साउन देखि हालसम्म विभिन्न कसुरमा अनुसन्धान भई सजाए पाएका ८४ जना विदेशी नागरिकहरुलाई अध्यागमन ऐन अनुसार तोकिएको अवधिसम्म नेपाल गर्न नपाउने गरी निष्कासन गरिएको छ,” विभागको विज्ञप्तिमा जनाइएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २५, २०७५  १८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC