साहित्य
काठमाडौं । नेपाल आइडल सिजन–१ मा गायक रामकृष्ण ढकालले आइडलकी प्रतिस्पर्धी मेनुका पौडेलसँग युगल गीत गाउने वाचा गरेका थिए । सेलिब्रिटी गेष्टका रुपमा आएका ढकालले गरेको वाचा अनुसार उनले मेनुकासँग गीत गाएका छन् ।
‘वेदको अक्षर...’ बोलको गीतमा ढकाल र पौडेलको स्वर छ । बिबि थापाको शब्द रहेको गीतमा संगीत दीपक सिलवालले गरेका छन् । गीतको लिरिकल भिडियो समेत तयार भएको छ ।
मेनुका नेपाल आइडलमा टप ११ सम्म पुगेकी थिइन् भने भारतको सिङगिङ रियालिटी शो ‘सारेगमप’ मा पनि उत्कृष्ट ११ सम्मको यात्रा तय गरेकी थिइन् ।
प्रकाशित मिति: बुधबार, पुस २५, २०७५ १६:०९
प्रतिक्रिया दिनुहोस्