site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

एअर बस खरिदमा आर्थिक अपचलन गरेको आरोप लगाइएका नेपाल वायुसेवा निगमका महाप्रबन्धकलाई केही दिन पहिले एउटा कम्युनिस्ट घटकसँग सम्बन्धित व्यक्तिले अनुहारमा कालोमसी छर्के । पहिले ५ लाख रुपिँया मागेको र पैसा नदिएपछि उनलाई कालो मसी छर्किएको खुलासा महाप्रबन्धकले गरेका छन् । यसैगरी मंगलवार प्युठानको स्वर्गद्वारी नगरपालिकाका प्रमुखलाई कम्युनिस्टहरूकै अर्को घटकका कार्यकर्ताले ‘शरीरमा प्रज्वलनशील पदार्थ’ खन्याएको जानकारी नगरपालिकाका तर्फबाट प्रकाशित विज्ञप्तिमा दिइएको छ । महाप्रबन्धकलाई कालो मसी छेप्ने व्यक्तिलाई पक्राउ गरको प्रहरीले जनाएको छ । नगरपालिका प्रमुखलाई दुव्र्यवहार गर्ने व्यक्ति पक्राउ परेको समाचार सार्वजनिक भइसकेको छैन । स्मरणीय छ, केही दिन पहिलेसत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उच्चस्तरका नेताले भ्रष्टहरूलाई मोसो दल्न युवा कार्यकर्तालाई आह्वान गरेका थिए ।

कर्तव्य ज्यान मुद्दामा पूर्पक्षका लागि थुनामा राखिएका रेशम चौधरीलाई प्रतिनिधि सभा सदस्य निर्वाचित भएको झन्डै वर्ष दिनपछि शपथ ग्रहण गराइयो । सभामुखले ‘प्रधानमन्त्रीको निर्देशन‘मा शपथ ग्रहण गराएको बताए भने संसद्मा सम्बोधन गर्दा प्रधानमन्त्रीले त्यसको उच्चारणै गरेनन् । तर, नेकपा (नेकपा)को सरकार राजनीतिक आवरणमा हुने अपराधप्रति सहिष्णु हुँदै गएको संकेत भने देखिन थालेको छ । अदालतको आदेशमा कैदमा राखिएको व्यक्तिलाई कारागारबाट बाहिर निकाल्न न्ययालयकै अनुमति लिनुपथ्र्यो । तर, विधिको शासनलाई खासै महत्त्व नदिने भएर होला कम्युनिस्ट सरकारले अदालतको आदेश लिन चाहेन । त्यतिमात्र हैन आफ्नो आदेशमा थुनामा रहेको व्यक्तिलाई सरकारले कारागारबाट संसद् भवन लगेको घटना सार्वजनिक भइसक्ता पनि सर्वोच्च अदालतले चासो राखेको देखिएन । सरकारको काममा भाँजो नहाल्ने वाचा पालना गरिएको हो कि ?

नेपाल वायुसेवा निगमका महाप्रबन्धकलाई कालोमसी छेप्ने वा स्वर्गद्वारी नगरपालिका प्रमुखलाई ‘ज्वलनशील पदार्थ’ खन्याउने काम प्रचलित कानुनअनुसार अपराध हुन् । तर, राजनीतिक आवरणमा गरिएको अपराधलाई लामो समयदेखि उन्मुक्ति दिइँदै आएको छ । दोस्रो संविधान सभा निर्वाचन बिथोल्ने नाममा सार्वजनिक स्थलमा बम विस्फोट गराउने समूहका नेता अहिले सरकारमा छन् । यसैले यस्ता घटनामा कानुनबमोजिम कारबाही हुने अपेक्षा गर्नु पनि अस्वाभाविक हुन्छ । यसै पनि पहिलेको घटनाका अपराधीलाई उन्मुक्ति दिइएपछि पछिल्ला घटनामा कारबाही गर्ने नैतिक शक्ति हुँदैन । प्रहरी त यसै पनि राजनीतिक इसारामा चलेकोमा बदनाम भएकै छ । यसैले पछिल्ला दिनमा फेरि राजनीतिका नाममा लुट र अपराध बढी नै दोहोरिन थालेको हुनुपर्छ । संयोगमात्र पक्कै नहोला यस्ता अपराधका घटनामा प्रायः माओवादीकै विभिन्न घटकका कार्यकर्ता संलग्न रहेको देखिएको छ । स्वर्गद्वारी नगरपालिका प्रमुखलाई माओवादीको विप्लव समूहले धम्की दिएको विज्ञप्ति प्रकाशित गरिएकाले यस घटनामा उनीहरूको संलग्नताको अनुमान गर्न सकिन्छ । देशमा अराजकता बढाएर त्यही निहुँमा नागरिक स्वतन्त्रता नियन्त्रण गर्ने सरकारको नियत हैन भने राजनीतिक आवरणमा भएको अपराधमा कानुनबमोजिम कारबाही गरोस् । नत्र, राजनीतिक आवरणमा हुने अपराधलाई सरकारले नै नियतवश बढाएको सन्देह पुष्टि हुनेछ ।  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २५, २०७५  १३:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC