site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
\'हिजो नारायणगोपाल रोएर गाउँथे, आज ट्रयाजेडी पनि हाँसेर गाइन्छ\'
Ghorahi CementGhorahi Cement

काठमाडौं । गीतकार राजेन्द्र थापाले गीत लेखनको गुणस्तर नखस्किएको बताएका छन् । समयको आवश्यकता र स्रोता तथा दर्शकको रुचीअनुसार गीत लेखन कार्य अगाडि बढ्नुपर्ने उनको धारणा छ । 

“समयअनुसार चल्नुपर्छ । गीत भएन भनेर बसेर हुँदैन लेखिदिनु पनि पर्छ,” गीतकार थापाले बाह्रखरीसँग भने, “आधुनिक गीत भनेको आधुनिक समयको माग अनुसारको हुनुपर्छ ।”

पछिल्लो समयका गीतमा गुणस्तरको प्रश्न उठिरहेका बेला गीतकार थापाले भने, “पहिला पनि मेरा गीत हिट थिए । अहिले पनि हिट छन् । जनताले मन पराएपछि त्यही नै राम्रो हो नि हैन र ?” 

Agni Group

थापा सदाबहारदेखि चटपटेसम्म गीत लेख्ने गीतकार हुन् । अरुणा लामाले गाएको ‘पोहोर साल खुसी फाट्दा...’ देखि अहिलेको ‘पहिलो नम्बरमा...’, ‘गाला रात्तै....’ ‘क्या दामी भो...’, ‘दर्शन नमस्ते...’ जस्ता गीतका गीतकार थापा नै हुन् । 

एक दशकभन्दा अगाडिसम्म पनि हिन्दी गीतकै बोलवाला रहेको स्मरण गर्दै थापा पछिल्लो समयका गीतले नेपालमा नेपाली गीत नै सुन्ने बानी बसाएको बताउँछन् ।  

Global Ime bank

“आज पनि फिलोसोफी भन्दै हिजोजस्तै रुने गीत गाइएको भए आजसम्म पनि नेपालीले हिन्दी गीत नै धेरै सुन्थे । हिन्दी फाष्ट ट्रयाक नै मन पराउँथे,” थापा भन्छन्, “हिजो नारायणगोपाल रोएर प्रिय तिमीलाई भनेर गाउँथे, आज ट्रयाजेडी पनि हाँसेर गाइन्छ । हिजोको जस्तै रोएर ट्रयाजेडी गाएको भए स्रोता दर्शकले मन पराउँदैनथे ।” 

थापा थप्छन्, “घरको खाना मीठो भयो भने केटाकेटी खाना खान होटल जाँदैनन् । हामीले हाम्रै गीत राम्रो बनाउन सक्यौं भने अरुका गीत सुन्नु पर्दैन । आधुनिकतामा बाँच्ने गीतमा आधुनिक, लोक, अंग्रेजी सबै मिसाएर लेखेपछि जनताले मन पराएका छन् । शास्त्रीय संगीत भनेको भए एउटा मापदण्डमा बस्नुपर्थ्यो । आधुनिक गीत आधुनिकतामा बाँच्ने हुनुपर्छ ।”

गाउँको मान्छे सहर पसे अथवा सहरको रहनसहन गाउँ पुग्यो । त्यसैले आज गाउँको लोक शैलीको गीत चल्न थालेको उनको तर्क छ । आधुनिक गीतमा पनि लोकलय मिसाएर तयार गरेपछि त्यो झनै मन पराइएको उनी बताउँछन् । 

“आधुनिक भन्नुको कारण नै आधुनिक समयअनुसार चल्नु हो । त्यही भएर समय अनुसार आधुनिक गीत लेख्न र गाउन थालियो । त्यही नै जनताले मन पराए,” गीतकार थापा भन्छन्, “जुन गीतमा आफ्नो अनुहार देखिन्छ र आफ्नो कथाव्यथा सुनिन्छ । त्यही नै लोक गीत हो । त्यही आफ्नो अनुहार र भाका सुन्ने गीत नै जनताले मन पराउँछन् ।”

हजारौं गीत वर्षमा रेकर्ड हुँदा दुई–चार वटामात्रै र सवा सय चलचित्रका ४ सय गीत रेकर्ड हुँदा एक–दुई वटा गीतमात्रै लोकप्रिय हुने गरेको प्रसंग उठाउँदै उनी जनताको रुची अनुसारका गीत अझै पनि कमै आइरहेको बताउँछन् । 

पहिरन, फेसन र मनोरञ्जन विश्वमा सबैभन्दा धेरै विश्वव्यापी हुने भन्दै उनले नेपाली डायस्पोरामार्फत् नेपाली कला, साहित्य र संगीत विश्व बजारमा जान थालेको बताए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २५, २०७५  १३:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC