site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
ट्रेलर हेरेर श्रम मन्त्री गोकर्ण बिष्टले ‘गोपी’को निर्माण युनिटलाई बोलाए  
Sarbottam CementSarbottam Cement

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले चलचित्र ‘गोपी’ को निर्माण युनिटसँग भेटघाट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्षमा मंगलबार उनले चलचित्रका कलाकार निर्माता तथा निर्देशकलाई भेटेका हुन् । 

भेटमा मन्त्री विष्टले चलचित्रको ट्रेलरले आफूलाई उत्सुक बनाएकाले थप जानकारीका लागि चलचित्रको निर्माण टिमसँग साक्षात्कार गर्न चाहेको बताए । 

“चाह्यो भने देशमै पनि धेरै कुरा गर्न सकिन्छ भन्ने फिल्मको विषय रहेछ । अहिले सरकारले पनि स्वरोजगार र स्वावलम्बनको कुरालाई प्राथमितामा राखेको छ । सरकारको धारणालाई फिल्मले समेटेको देख्दा एकदमै खुशी लाग्यो,” मन्त्री विष्टले भने, “फिल्मप्रति श्रम मन्त्रालय र व्यक्तिगत रुपमा मेरो पनि नैतिक समर्थन र ऐक्यवद्धता छ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्री विष्टले आफूले कहिलेकाँही नेपाली चलचित्र हेर्न गरेको भए पनि मौलिक फिल्म कमै बन्ने गरेको कुरासँग आफू अवगत भएको बताए । उनले नीतिगत रुपमै मौलिक चलचित्रलाई प्रवद्र्धन गर्ने कुरा सरकारसँग राख्ने उनले आश्वासन दिए । 

निर्देशक दीपेन्द्र लामाले श्रममन्त्रीले चलचित्रप्रति देखाएको चासोले आफू र आफ्नो टिमलाई हौसला मिलेको बताए । 

Global Ime bank

“विदेश नताकेर देशमै पसिना खन्याउने युवाहरुको ठूलो जमात छ, देशमा । त्यो समूहलाई फिल्मको माध्यमबाटै भए पनि हौसला प्रदान गर्ने उद्देश्यले देशमै केही गर्न खोज्ने युवाको कथा भन्ने प्रयास गरेका थियौं,” लामाले भने, “हाम्रो काममा मन्त्रीको नजर परेकोमा हामीलाई हामी आफ्नो उद्देश्यमा धेरधोर भए पनि सफल भएको महसुस भएको छ ।” 

लेखक सामीप्यराज तिमल्सेनाले फिल्मले कृषिकर्म गर्ने लाखौं किसानको मुद्दालाई समेट्ने बताउँदै  देश छाड्न चाहाने युवालाई फरक तरिकाले सोच्न प्रेरित गर्ने बताए । 

मन्त्री विष्टसँगको भेटघाटमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, सुरक्षा पन्तसँगै निर्देशक दीपेन्द्र लामा, निर्माता मणिकर्ण केसी, कार्यकारी निर्माता श्रीधर पौडेल र लेखक सामीप्यराज तिमल्सेना सहभागी थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २४, २०७५  १७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC