site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चिनियाँ प्रहरी नेपाली बोल्छन्, नेपाली चिनियाँ जान्दैनन्
Ghorahi CementGhorahi Cement

काठमाडौं । चीनसँग सीमा जोडिएका स्थानमा चिनियाँ भाषा ज्ञानको अभावमा सीमा सुरक्षा बल (सशस्त्र) प्रहरीलाई असहज भएको छ । कतिपय अवस्थामा चीनका सुरक्षा अधिकारीसँग समेत छलफल गर्नुपर्ने भएकाले कार्यसम्पादनमा असहज भएको हो । 

सीमा सुरक्षा र राजस्व चुहावट रोक्ने जिम्मेवारी वहन गर्दै आएको सशस्त्र प्रहरीलाई चिनियाँ प्रहरी तथा नागरिकसँग समन्वय गर्दा अप्ठ्यारो हुने गरेको सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता डिआईजी सुरज श्रेष्ठले बताए । श्रेष्ठले भने, ‘‘उत्तरी सीमामा भाषाको समस्या छ । ३–४ जनाले चिनियाँ भाषाको तालिम पनि लिएका छन् । सीमामा भने कोही पनि चिनियाँ भाषा बोल्न जान्ने प्रहरी छैनन् । यसबारे छलफल गरिरहेका छौं ।’’

Agni Group

भारतसँग सीमा जोडिएका स्थानमा भने भाषागत समस्या देखिएको छैन । अधिकांशले हिन्दी बुझ्ने भएकाले र भारतमा अंग्रेजी पनि बोलिने भएकाले समस्या नदेखिएको हो । सशस्त्र प्रहरी बल तातोपानी गुल्मका डिएसपी कुष्णगोपाल गुरुङले भने, ‘‘चिनियाँहरु अंग्रेजी बोल्दैनन् । हामीले बोल्दा पनि नबोल्न भन्छन् । उनीहरुसँग दोभाषे तालिमप्राप्त जनशक्ति छ । हामीले नेपालीमा बोल्दा उनीहरुले चिनियाँ भाषामा अनुवाद गरिदिन्छन् ।’’ 

चीनले भने नेपालसँग सीमा जोडिएका प्रत्येक सीमा पोष्ट, व्यारेकहरुमा नेपाली भाषा राम्रोसँग बोल्न र लेख्न जान्ने जनशक्ति राखेको छ । सशस्त्र प्रहरीका एक अधिकारीका अनुसार सीमामा कार्यरत प्रत्येक १० जना चिनियाँ सुरक्षाकर्मीमा ३ जना नेपाली बोल्न र लेख्न सक्छन् । “नेपालसँग जोडिएको सीमानामा खटाउनुअघि चिनियाँ सुरक्षाकर्मीबाट केहीलाई १ वर्षसम्म नेपाली भाषाबारे अध्ययन गराउने गरिन्छ,” एक वर्षसम्मको भाषा तालिमपछि उनीहरुलाई विभिन्न सीमामा पठाउने गरिएको चिनियाँ सुरक्षाकर्मीलाई भनाइलाई उद्धृत गर्दै एक नेपाली अधिकारीले भने । 

Global Ime bank

तर, सशस्त्र प्रहरी बलमा भने त्यस्तो जनशक्ति छैन । कतिपय अवस्थामा चिनियाँ नागरिक पक्राउ पर्दा अनुसन्धानमा समेत भाषाका कारणले समस्या हुने गरेको नेपाल प्रहरीका अधिकारीको अनुभव पनि छ । हाल चीनसँग जोडिएका १६ जिल्लामा सशस्त्र प्रहरीको १६ वटा गुल्म रहेका छन् । प्रत्येक गुल्ममा १ सय ६० जनाको दरबन्दी कायम छ । यस्तै, सशस्त्र प्रहरी बलले ताप्लेजुङदेखि बझाङसम्म ११ ठाउँमा बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) राख्ने तयारी गरेको छ । 

ताप्लेजुङको ओलाङचुङगोला, संखुवासभाको किमाथांका, दोलखाको लप्ची, गोर्खाको चुमनुब्री, मनाङको नार्फु र मिस्याङ चंकी, मुस्ताङको लोमाङथाङ, मुगुको नाम्चेनाङला, डोल्पाको बुद्धतिङले, हुम्लाको नाम्खाहिल्सा, दार्चुलाको झाङरु, बझाङको काँडाधुली बीओपीका लागि छानिएको केन्द्रीय प्रवक्ता डिआईजी सुरज श्रेष्ठले बताए । ‘‘बीओपी राख्न आवश्यक प्रक्रिया सुरु गरिएको छ । प्रत्येक पोस्टमा प्रहरी निरीक्षक (इन्सपेक्टर) को कमाण्डमा बढीमा ३५ जनासम्म प्रहरी हुनेछन्,’’ डिआइजी श्रेष्ठले भने ।

डिआइजी श्रेष्ठका अनुसार देशभर भारत र चीनका सीमा समेत जोडेर ९४ वटा बीओपी पुगेको छ । यसअघि बीओपी भारतीय सीमासँग जोडिएका स्थानमा मात्रै थियो भने संघीयतामा गइसकेपछि सशस्त्रले उत्तरी सीमामा उपस्थिति बढाउन थालेको हो । उत्तरी सीमामा बढ्दो विकास गतिविधि र चिनियाँ पक्षको उपस्थितिसँगै पोस्ट राख्ने निष्कर्षमा सशस्त्र प्रहरी पुगेको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २४, २०७५  १३:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC