site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

सरकारी अलमलका कारण उपभोक्ता, उखु किसान र चिनी उद्यमीका लागि नेपालमा उत्पादित चिनीको स्वाद तीतो हुने लक्षण देखिएको छ । सरकारले उखुको समर्थन मूल्य तोक्न ढिलो गरेपछि चिनी तीतो हुने अवस्था आएको हो । उखु मंसिरमै तयार भइसक्ने हुनाले पुसमा क्रसिङ सुरु गरिन्छ । तर, न्यूनतम मूल्य तोक्नै सरकारले ढिलो गरेकाले नयाँ खेतीको याम सुरु भए पनि उखुु खेतमै अलपत्र छ । मंसिरभित्रै तोकिसक्नुपर्ने उखुको समर्थन मूल्य सरकारले पुसको तेस्रो सातामात्र तोक्यो । समर्थन मूल्य ५ सय ३६ रुपियाँ तोकिए पनि उद्यमीहरूले सरकारले तोकेको मूल्यमा उखु किन्दा नोक्सान पर्ने दाबी गर्दैआएका छन् । अहिले केही चिनी कारखानालाई किसानले उखु प्रतिक्विन्टल ३ सय ८५ रुपैयाँमा बेच्न थालेको समाचार छ ।

सरकारले उखु किसानलाई प्रतिक्विन्टल ६५ रुपियाँ सोझै अनुदान दिने निर्णय गरेको छ । उद्योगहरूले उखुमा दिइने अनुदान रकम कट्टा गरेरमात्र किसानलाई भुक्तानी दिने हुनाले किसानलाई दिने भनिएको अनुदान प्रकारान्तरले चिनी उद्यमीले पाउने हुन् । अर्थात्, चिनी उद्योगहरूबाट किसानले प्रतिक्विन्टल उखुको ४ सय ७१ रुपैयाँ २८ पैसा मात्र पाउनेछन् । तर, अप्ठेरोमा परेका किसानसँग ३ सय ८५ रुपियाँमा उखु किन्न थालिसकेका उद्यमीहरू प्रतिक्विन्टल ८६ रुपियाँभन्दा बढी तिर्न सजिलै तयार हुनेछैनन् । सरकारले दिने अनुदान पाउने पनि किसानहरू उद्यमीहरूले तोकेको मूल्यमा उखु बेच्न बाध्य हुने देखिन्छ । उखु खेतीमा फाइदा नभएको गुनासो गर्दैआएका किसानले यसरी सरकार र चिनी उद्यमीहरूको पासोमा परेपछि अर्को वर्ष उखु लगाउनुभन्दा पहिले पक्कै पनि धेरैपटक विचार गर्नेछन् । उखु खेतीबाट किसान पलायन हुने अवस्था आए नेपालीका लागि चिनी थोरै नै खाँदा पनि तीतो हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

देशभित्र उत्पादन नभए पनि चिनीको अभाव आयात गरेर टार्न सकिएला । सरकारले चिनी व्यापारीहरूको नाफाका लागि बेलाबखत भन्सार छुटलगायतका सहुलियत अहिले पनि दिने गरेको छ । यही छुट र अनुदानका कारण सरकार चिनीको मूल्य तोक्न अग्रसर भएको हुनुपर्छ । दैनिक उपभोगको सामग्री भएकाले सरकारले चिनीको आपूर्ति र मूल्यको निगरानी गर्नु अनुचित पनि होइन । तर, नेपालका चिनी उद्योगीलाई घाटा पर्ने गरी चिनीको आयात गर्नु भने प्रत्युत्पादक अभ्यास हो । आफ्नो उत्पादनले माग पूरा नभएमात्र आयातमा सहुलियत दिनुपर्छ । तर, उपभोक्ताको हितलाई भने सरकारले सधैँ नै प्राथमिकता दिनुपर्छ । अर्थात्, नेपालभित्र उत्पादन हुने चिनीले मूल्य र गुणस्तरमा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्नुपर्छ ।

चिनी र उखुको खरिद मूल्य तोक्दा सन्तुलन बिग्रियो भने किसान वा उद्यमीलाई मर्का पर्न सक्छ । किसान वा उद्यमी कुनै पक्षले पनि व्यवसायबाट हात झिकेका खण्डमा अर्को पक्ष पनि व्यवसायमा टिकिरहन सक्तैन । राज्यले अपनाएको खुला अर्थतन्त्रमा भन्सार बढाएर स्वदेशी उद्योगको संरक्षण गर्नु न्यायोचित हुँदैन । यस्तै, उद्योगको संरक्षणका लागि उपभोक्तालाई बढी मूल्य तिर्न बाध्य बनाउन पनि मिल्दैन । अर्कातिर, किसान र केही हदसम्म उद्योगलाई पनि सरकारले संरक्षण नगर्ने हो राष्ट्रिय उद्योग र खेती दुवै लोप हुने जोखिम बढ्छ । यस्तो अवस्थामा आन्तरिक उत्पादन नहुनेबित्तिकै मूल्यमा सरकारको नियन्त्रण पनि कायम रहन सक्तैन । यसबाट चिनी झन् ‘तीतो’ हुन पुग्नेछ । यसैले सरकारले अनुदान दिने निर्णय गरेपछि दायित्व पन्छिएको ठान्नु हुँदैन । किसान, उद्यमी र उपभोक्ता सबैको हित हुने गरी प्रशासनिक र नीतिगत झमेला अन्त्य गरे चिनी तीतो हुनेछैन । 

Global Ime bank

सरकारले उखु किसानलाई मात्र सधैँ अनुदान दिइरहँदा अरू बाली लगाउनेलाई भेदभाव गरेको ठहरिनेछ । उखु किसान र चिनी उद्यमी आत्मनिर्भर हुने उपाय खोजिनुपर्छ र सरकारले त्यसमा सहयोग गर्नुपर्छ । उखु खेतीको बिमा, उन्नत बीउ, कृषि उपकरण, चिनी कारखानाहरूको आधुनिकीकरण, सडकलगायतका भौतिक पूर्वाधार निर्माणमा सरकारले सहयोग गरेर किसानलाई प्रत्यक्ष अनुदानमा निर्भर नहुने बनाउनु आवश्यक देखिन्छ । अनिमात्र नेपाली चिनी सबैका लागि गुलियो हुनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २४, २०७५  १३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC