यस्तो बन्यो ‘समर लभ’को ट्रेलर 

यस्तो बन्यो ‘समर लभ’को ट्रेलर 

काठमाडौं । नेपाली कथानक चलचित्र ‘समर लभ’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा केही रमाइला संवादलाई विशेष प्राथमिकता दिइएको देखिन्छ । 

साया (रेवती क्षेत्री) र अतित (आशिष पिया) बीचको ‘लभ जर्नी’ मा सुस्मिता (नम्रता सापकोट) केन्द्रित ट्रेलरमा साया र सुस्मितासँग अतितको लिपलक र बेडसिनलाई प्राथमिकता दिइएको छ ।  

लेखक सुविन भट्टराईद्वारा लिखित उपन्यास ‘समर लभ’मा आधारित चलचित्रमा लेखकको भूमिकामा सुरजसिंह ठकुरी छन् । 

चलचित्रका गीतमा पुस्पन प्रधानको शब्द तथा संगीत रहेको छ । पुस्पन पंक्षी, बाउको जुँगो लगायतका गीतका सर्जक हुन् । ट्रेलरमा उनको शब्द, संगीत तथा स्वर रहेको गीत साया पृष्ठभूमीमा प्ले गरिएको छ । 

माघ २५ गते रिलिज हुने चलचित्रमा सुविनको कथालाई सामिप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् । संवाद सुविन र सामिप्यले  लेखेका छन् । चलचित्रलाई मुस्कान ढकालले निर्देशन गरेका छन् ।

प्रतिकृया दिनुहोस