site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राजदूत शेर्पा बर्खास्त कि कायमै ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । मानव तस्करीको आरोप लागेकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गरिए/नगरिएको बारेमा अन्योल उत्पन्न भएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले शेर्पालाई बर्खास्त गरेको भनेर समाचार प्रकाशित भएपनि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मंगलबार बिहान बाह्रखरीसँगको कुराकानीमा भने, ‘‘त्यो बारेमा निर्णय भएको छैन,’’ कसरी समाचार आयो त भन्ने जिज्ञासामा मन्त्री ज्ञवालीले भने, ‘‘त्यो त समाचार लेख्नेलाई नै सोध्नुपर्ला ।’’
 
विवादमा तानिएकी राजदूत शेर्पालाई परराष्ट्र मन्त्रालयले स्पष्टीकरण सोध्नुका साथै छानविन समितिसमेत गठन गरेर बयान लिएको थियो । परराष्ट्र मन्त्रालयद्वारा गठित समितिले शेर्पासँग बयान लिँदै परराष्ट्र मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो । शेर्पा  विवादमा तानिएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि अष्ट्रेलियाको राजदूत अब कसलाई बनाउने भन्ने सम्मको तयारी गरिसकेको स्रोतले बताएको छ । 

अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पामाथि उनकै चालक वाड्चु शेर्पाले पैसा लिएर आफूलाई अष्ट्रेलिया ल्याएको आरोप लगाएपछि उनी विवादमा तानिएकी हुन् । त्यसपछि मन्त्रालयले शेर्पाका विषयमा लागेको आरोपमाथि सत्यतथ्य बुझ्न उनलाई काठमाडौं बोलाएको थियो । शेर्पाले प्रधानमन्त्रीलाई भेटेर आफूलाई लागेको आरोपका बारेमा सार्वजनिक रुपमा स्पष्ट पार्न चाहेको भनेर प्रधानमन्त्री ओलीसँग समेत अनुमति मागेकी थिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्रिपरिषद्ले बर्खास्तको निर्णय गरेको भन्ने चर्चा चलेपछि शेर्पाले विभिन्न मन्त्री र परराष्ट्र मन्त्रालयका अधिकारीहरुसँग समेत आज बिहान जिज्ञासा राखेकी थिइन् । तर, उनलाई परराष्ट्रका अधिकारीहरुले मन्त्रालयबाट त्यस सम्बन्धी कुनै पनि विषय मन्त्रिपरिषद्मा नगएको जानकारी गराएका थिए । शेर्पाले मंगलबार बिहान बाह्रखरीसँगको कुराकानीमा भनिन्, ‘‘मैले सबैलाई सोधिसकेँ । उहाँहरुले त्यस्तो निर्णय भएको छैन भन्नुभयो । कसरी समाचार आयो अचम्ममा परेकी छु । ’’ उनले आफूले प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डलाई भेटेर राजीनामा दिएको भन्ने खालको अर्को समाचार पनि गलत भएको बताइन् । ‘‘मैले कसैलाई राजीनामा दिएको छैन ।’’ उनले यसरी जे पायो त्यही समाचार सञ्चार माध्यममा आउनु गैरकानुनी भएको समेत बताइन् । 

उनले आफूलाई लागेको आरोपका बारेमा चाँडै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने पनि जनाइन् । ‘‘आफ्ना कुरा राख्नका लागि पत्रकार सम्मेलन गर्न प्रधानमन्त्रीले पनि अनुमति दिनुभएको छ,’’ उनले भनिन् । उनले आफूले आज एक चरण मन्त्री देखि परराष्ट्र मन्त्रालयका अधिकारीहरुलाई भेटेर स्थान तय गरी पत्रकार सम्मेलन गरेर आफ्ना कुरा सार्वजनिक गर्ने बताइन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २४, २०७५  ०७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC