site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘छोरी आइन्, लक्ष्मी भित्र्याइन्’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

विराटनगर । काखकी सानी छोरी च्यापेर सम्झना तामाङ हँसिलो भावमा सभाहलमा प्रवेश गरिन् । आयोजकको इसारा पच्छ्याउँदै नजिकैको कुर्सीमा गएर बसिन् । घरिघरि हेर्थिन् अनि सप्कोले छोरीको अनुहार छोपिदिन्थिन् ।  
विराटनगर महानगरपालिकाले तामाङजस्तै २६ जनालाई सोमबार अतिथिको रुपमा आमन्त्रण गरेको थियो । उनीहरु सबै छोरीलाई जन्म दिने आमाहरु थिए । कसैको पहिलो त कसैको दोस्रो सन्तान छोरी नै थिए । सम्झना कान्छी छोरी लिएर कार्यक्रममा सहभागी हुन आएकी थिइन् । 
विराटनगर ४ की दीक्षा घिमिरेकी छोरी तीन महिनाकी भइन् । ‘चिनेका अनुहार देख्दा हाँस्छिन्, नचिने रुन्छिन्’, घिमिरेले भनिन्, ‘अहिले टाउको अडिन थालेको छ । बोक्दा सजिलो हुन्छ । विस्तारै हुर्कदैं छिन् ।’ सम्झनाले छोरीको बढ्दो हाउभाउले निकै रमाइलो लाग्ने गरेको सुनाइन् । दोस्रो सन्तान छोरी जन्माउने शैली थापा, सुनिता ठाकुर र तारादेवी पोखरेल पनि निकै उत्साहित हुँदै कार्यक्रममा आएका थिए । 
पहिलो सन्तान छोरी भए दोस्रो नजन्माउने र लिंग पहिचान गरी भू्रण हत्या गर्ने क्रम रोक्न ‘छोरी बचाऊ, छोरी पढाऊ’ अभियानको शुभारम्भ गरेको महानगरकी उपप्रमुख इन्दिरा कार्कीले बताइन् । भनिन्, ‘आमालाई सम्मान र छोरीलाई सहयोग कार्यक्रम अघि सारेका हौं ।’ दोस्रो छोरी जन्मिए उनकै नाममा महानगरले बैंक खाता खोलेर २५ हजार रुपैयाँ ‘फिक्स डिपोजिट’ मा राखिदिन सुरु गरेको कार्कीले बताइन् ।
महानगरले दिएको रकम बुझेपछि सुनिता ठाकुरले भनिन्, ‘छोरीे जन्मनासाथ लक्ष्मीको पनि आगमन भयो । उनलाई सरकारका तर्फबाट दिइएको यो सहयोग उनकै लागि खर्च गर्नेछु ।’ ठाकुरले समाजमा छोरीलाई हेर्ने दृष्टिमा अझै परिवर्तन आउन नसकेको गुनासो गरिन् । कार्यक्रमस्थलमै पहिलो आमालाई रकम हस्तान्तरण गरी बैंकका कर्मचारीमार्फत खाता खोलिएको थियो ।
सोमबार अभियानअन्तर्गत विराटनगर महानगरले चारजना छोरीको नाममा बैंकमा खाता खेलिदिएको छ । पहिलो सन्तानका रुपमा भर्खरै जन्मिएका थप २२ जना छोरीलाई प्रोत्साहन स्वरुप नगद तीन हजार रुपैयाँ वितरण गरिएको छ । महानगरका प्रमुख भीम पराजुलीले भने, ‘हामीले खातामा राखिदिएको रकम तिनै छोरी ठूली भएपछि उच्च शिक्षा लिन मद्धत पुगोस भन्ने उद्देश्य हो ।’ उनले यस्तो कार्यक्रमबाट समाजमा छोरीको महत्वबारे जनचेतना फैलाउन सहयोगी हुने बताए ।
एउटै हारमा उभिएर महानगरपालिकाले प्रोत्साहन स्वरुप दिएको २५ हजार रुपैयाँ बुझेपछि शैलीले भनिन्,‘छोरीको लागि स्थानीय सरकारको तर्फबाट दिइएको रकमले ठूलो सहयोग पुग्नेछ ।’ महानगरका कार्यकारी अधिकृत कुमार दाहालले सन्तानका रुपमा छोरीको आगमन हुँदा समाजले चासो नदिने बरु हरेक अवस्थामा भेद्भाव गर्ने गरेकोले यस्तो परिस्थितिलाई थोरै भएपनि कम गर्न छोरीमात्र जन्माउने दम्पत्तीको सम्मानका लागि अभियान सुरु गरिएको बताए । 
उनका अनुसार पेटमा सन्तान आएपछि आमाले कम्तिमा चारपटक स्वास्थ्य संस्थामा गई स्वास्थ्य परीक्षण गराउनु पर्छ, अस्पतालमै सन्तान जन्माउनु पर्छ र एक महिनाभित्रै जन्मदर्ता गर्नुपर्छ । विराटनगर महानगरमा १९ वटा वडा छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २३, २०७५  १६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC