site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
\'कुर्सीका लागि राजनीति गरेको होइन, भ्रष्टाचार समाप्त पार्छु\'
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमलाई डुबाउने खेलको रूपमा वाइडबडी भ्रष्टाचार प्रकरण आएको बताएका छन् । वाइडबडी प्रकरणमा उठेका प्रश्नको जवाफ दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले नेपाल वायु सेवा निगम डुबाउन धेरै पहिल्यैदेखि खेल भइरहेको बताउँदै त्यसैको कडीका रूपमा वाइडबडीमा अनियमितताको कुरा उठाइएको दाबी गरे । 
“मैले कुर्सीका लागि राजनीति गरेको होइन । जनताबाट म्यान्डेड पाएर जिम्मेवारीमा छु,” उलने भने, “अस्थायी रूपमा म यो कुर्सीमा छु ।”
उनले आफू जतिबेला पनि जवाफदेही हुने भन्दै वाइडबडीका सन्दर्भमा संसदीय समितिहरू, उपसमिति र न्यायिक समितिले जाँचबुझ गरिरहेकाले हतारोमा निष्कर्ष निकाल्नु नहुने बताए ।
उनले कतिपय निजी एयरलाइन्सले निगम डुब्दामात्रै आफ्नो भविष्य उज्यालो देखेकाले यो सबै भइरहेको र यसबाट आफू कत्ति पनि विचलित र हतोत्साही नभएको बताए ।
२९ वर्षपछि दुईवटा वाइडबडी ल्याएर अन्तर्राष्ट्रिय उडानको ग्राफ उकालो चढाएको भन्दै उनले रणनीतिक साझेदार ल्याएर निगमको भविष्य अझै उज्यालो बनाउने दाबी गरे । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २३, २०७५  ११:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC