देश
काठमाडौं । राजधानी काठमाडौं भित्रिने मुख्य नाका नागढुङ्गामा लागुऔषध सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुगु छायाँनाथ नगरपालिका २ का सन्देश मल्ल रहेका छन् ।
मल्ल नेपालगंजबाट काठमाण्डौ आउँदै गरेको ना.५ ख ८९४७ नम्बरको यात्रुबाहक बस चेकजाँचका क्रममा पक्राउ परेको प्रहरीले जनाएको छ । मल्लको साथबाट लागुऔषध नाईट्राभेट २२ ट्याबलेट बरामद गरिएको छ ।
प्रकाशित मिति: आइतबार, पुस २२, २०७५ १६:५६
प्रतिक्रिया दिनुहोस्