site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विद्यालयमा दुई किलोवाटको सौर्य ऊर्जा जडान
Sarbottam CementSarbottam Cement

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीमा रहेको श्रीकृष्ण माध्यमिक विद्यालयमा सौर्य ऊर्जा जडान गरिएको छ । 

विद्यालयको प्रशासनिक र शैक्षिक गतिविधिलाई प्रविधिको प्रयोग गरेर सहज, प्रभावकारी र व्यवस्थित बनाउन वातावरण मन्त्रालयअन्तर्गत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा सौर्य ऊर्जा जडान गरिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

विद्यालयमा दुई किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरी विद्युत् आपूर्ति गराइएको विद्यालयका शिक्षक राजेन्द्रप्रसाद पाण्डेयले बताए । 

शिक्षक पाण्डेयका अनुसार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले विद्यालयका लागि रु चार लाख ५७ हजार ८९० अनुदानस्वरुप उपलब्ध गराएको हो । 

Global Ime bank

सौर्य ऊर्जा जडान भएपछि विद्यालयमा कम्प्युटर कक्षा र १२ वटा पङ्खा, प्रिन्टर, प्रशासनिक काम र अन्य शैक्षिक गतिविधिमा सहज भएको छ । 

यसैगरी, विद्यालयको पठनपाठन गुणस्तरीय एवं शौक्षिक सुधार गर्नका लागि विद्यालयमा सिसी क्यामरासमेत जडान गरिएको छ । रु ४० हजारको लागतमा विद्यालयको आन्तरिक कोषबाट चार सिसीटिभी क्यामरा जडान गरिएको शिक्षक पाण्डेयको भनाइ छ । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २२, २०७५  १०:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC